दरबार हत्याकाण्डसँग जोडिएकी देवयानीलाई कोकाकोला इण्डियाले उपाध्यक्ष नियुक्त गर्यो

Advertisement

काठमाडौं । कोकाकोला भारतले नेपालकी देवयानी राणालाई उपाध्यक्षमा नियुक्त गरेको छ । नेपालको दरबार हत्याकाण्डसँग जोडिएकी उनलाई कोकाकोला भारतले महत्वपूर्ण पदमा नियुक्त गरेको हो । 

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपतिशम्शेर राणकी छोरीसमेत रहेकी देवयानीसँगको प्रेम सम्वन्धका कारण युवराज दिपेन्द्रले आफ्नो परिवारको बंश नाश गरेको बताइने गरेको छ । दरबार हत्याकाण्डपछि उनी अधिकांश समय भारतमै बस्ने गरेकी छन् । 

Advertisement

कोकाकोलाले देवयानीलाई भारत र दक्षिण–पश्चिम एसियाको सार्वजनिक मामिला, सञ्चार र दीगोपना हेर्ने गरेर उपाध्यक्ष नियुक्त गरेको हो । यसअघि उनी भारतकै काटरपिलर ब्राण्डको निर्देशक रहेकी थिएन् । 

राष्ट्र संघीय विकास कार्यक्रम यूएनडीपीलगायतमा काम गरिसकेकी देवयानीले बेलायतबाट अर्थशास्त्र र राजनीतिशास्त्रसमेत अध्ययन गरेर आएकी हुन् ।

Advertisement

Advertisement