नेपाल उद्योग परिसंघको नेतृत्वमा बिष्णु अग्रवाल

Advertisement

काठमाडौ । नेपाल उद्योग परिसंघको अध्यक्षमा बिष्णु अग्रवाल चयन भएका छन्। परिसंघको १८ औं वार्षिक साधारणसभाले उनलाई अध्यक्ष चयन गरेको हो। उनी यसअघि परिसंघको वरिष्ठ उपाध्यक्ष थिए। 

यसअघि परिसंघ अन्तर्गतको योङ इन्टरप्रेनर फोरमको नेतृत्व गरिसकेका अग्रवालले परिसंघको पूर्वाधार विकास समितिको सभापति समेत भएका थिए । पूर्व फुटबल खेलाडी अग्रवाल नेपाल सुपर लिग विजेता काठमाडौं रेजर्स फुटबल क्लबका प्रोमोटर हुन्। नेपालका लागि चेक रिपब्लिकका अवैतनिक महावाणिज्यदूत उनी एमएडब्लु ग्रुप अफ कम्पनिजका प्रबन्ध निर्देशक हुन्। 

Advertisement

परिसंघको आजको सभाले ३७ जना राष्ट्रिय परिषद सदस्य चयन गरेको छ। त्यसमध्येबाट सात जना उपाध्यक्ष चयन भएका छन् । राष्ट्रिय परिषदमा संस्थापक समूहबाट अमित मोर, रतनलाल केडिया, राहुलकुमार अग्रवाल, सन्दिपकुमार शारडा, वरुणकुमार तोडी, शुलभ अग्रवाल, अमित बेगानी, विकास दुगड, राजेशकुमार अग्रवाल, चन्द्र टण्डन, अनुज अग्रवाल, अर्पित अग्रवाल, दीपक अग्रवाल, सुरज भक्त पौडेल, निर्वाण चौधरी, बिक्रम सिंघानिया, दिलिप अग्रवाल, शरदकुमार टिबडेवाला, रोहित गुप्ता र आदित्य संघाई चयन भएका छन्।

यसैगरी प्रतिष्ठान तर्फबाट हेमराज ढकाल, निकोलस पाण्डे, वीरेन्द्रराज पाण्डे, वर्षा श्रेष्ठ, लक्ष्मीप्रसाद सुवेदी, गुरुप्रसाद न्यौपाने, राजीवकुमार गुप्ता, राजबहादुर शाह, पम्फा धमला, आशिष गर्ग, द्विराज शर्मा (सिवाकोटी), अशोक शेरचन, ताराप्रसाद पौड्याल र हितेश गोल्छा चयन भएका छन्। संस्थागत सदस्य समूहतर्फबाट गोकुल भण्डारी, कृष्णप्रसाद अधिकारी र वसन्तबहादुर चन्द राष्ट्रिय परिषद सदस्यमा निर्विरोध निर्वाचित भएका छन्।

Advertisement

Advertisement