जिआईसीको सीईओमा रामचन्द्र श्रेष्ठ नियुक्त

Advertisement

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी (जिआईसी) को प्रमुख कार्यकारी अधिकृत (सीईओ)  मा रामचन्द्र श्रेष्ठ नियुक्त भएका छन् । बीमा समितिले उनलाई शुक्रबार स्विकृती दिएको हो । 
श्रेष्ठको नियुक्तीसँगै नेपालको सबै बीमा कम्पनीले सीईओ पाएको समितिले जनाएको छ । 

बीमा समितिका प्रवक्ता राजुरमण पौडेलले कर्पोरेट नेपालसँग भने,‘अब सबै बीमा कम्पनीहरूले सीईओ पाएका छन् । हामीले फुल फ्लेज सीईओ नियुक्ती गर्न सफल भएका छौं । अब बीमा क्षेत्रले अझै उच्च गति लिन्छ भन्नेमा हामी आशावादी पनि छौं । पौडेलले बीमा क्षेत्रमा योग्य व्यक्तीको कमी छ भन्ने भ्रम पनि अब चिरीएकोमा जोड दिए ।’ 

Advertisement

साथै, जनरल इन्स्योरेन्स कम्पनीका नव नियुक्त सीईओ श्रेष्ठले अब चार वर्षकालागि आफ्नो कार्यकाल सम्हाल्ने मौका पाएका छन् । चालु आर्थिक वर्ष सुरू भएसँगै कम्पनीले बीमा समितिमा उनलाई सीईओ पदको स्विकीतिका लागि बीमा समितिमा प्रस्ताव पठाएका छन् । समितिले उक्त प्रस्ताव सदर गरेको जनाएको हो । 

उनी सोही कम्पनीको कामु सीईओको रूपमा कार्यरत थिए । कम्पनीका सीईओ एसके टमोटको कार्यकाल सकिएपछि उक्त पद खाली रहँदै आएको छ ।  
 

Advertisement

Advertisement