राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. विश्व पौडेल

Advertisement

काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. विश्व पौडेल नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले अर्थविद् पौडेललाई उपाध्यक्ष नियुक्त गरेको हो । उनी काठमाडौं विश्वविद्यालयका प्राध्यापक हुन् । 

त्यस्तै आयोगको सदस्यहरूमा रामकुमार फुयाँल र दिलबहादुर गुरुङ नियुक्त भएका छन् । सरकारले बेवारिसे शव व्यवस्थपान निर्देशिका पनि स्वीकृत गरेको छ ।

Advertisement

यस्तै सरकारले बलाधिकृत रथी प्रभुराम शर्मालाई कायमुकायम प्रधानसेनापतिको कार्यभार तोक्न राष्ट्रपतिलाई सिफारिस गरेको छ ।

Advertisement

Advertisement