Advertisement

मेडिकल क्षेत्र एकातर्फ सेवामूलक क्षेत्रको हो भने अर्कोतर्फ व्यवसायिक क्षेत्र पनि हो । तर बेला मौकामा मेडिकल माफिया सल्बलाएका समाचार आउने गर्छन् । मेडिकल सेवासँग औषधि उद्योग पनि जोडिने गर्छ । अहिलेको समयमा औषधिको बिक्री वितरणमा चरम लुट हुनेगरेको अध्ययन र अनुभवबाट सिद्ध हुँदै आएको पनि छ । बिरामीले खाने दवाइ आयात गरेर बेच्दा २२ सय गुणासम्म बढि नाफा लिने गरेको अध्ययनबाट देखिने गरेको थियो । औषधि बिक्रीमा बेथिति रहेको कुरा औषधि उद्योगी पनि स्वीकार गर्छन् । औषधि व्यवसायमा कति नाफा राखिन्छ ? किन नेपाली औषधि प्राथमिकतामा पर्दैन ? यस क्षेत्रमा विकृतिलाई किन नियन्त्रण गरिन्न ? भन्ने विषयमा एशियन फर्मास्युटिकल्स प्रालिका प्रवन्ध निर्देशक तथा नेपाल औषधि उत्पादक संघका पूर्वअध्यक्ष शंकर घिमिरेसँग कर्पोरेट नेपालले गरेको कुराकानीको केही अंशः 

करिब ३० अर्ब रूपियाँ बराबरको औषधि विदेशबाट आयात हुन्छ । आयातलाई प्रतिस्थापन गर्न किन नसकिएको ? 
अहिले तपाईंले भन्नुभएको जस्तै प्रतिस्थापन भइरहेको छ । यसलाई व्यापकरूपमा विस्तार गर्नको लागि चाहीं बलियो सरकारी नीति आवश्यक छ । नेपालमा उत्पादन हुने औषधिका लागि सरकारले प्रभावकारी नीति बनाउन जरूरी छ । अहिले पनि आम मानिसमा नेपालमा ५० प्रतिशत पनि औषधि उत्पादन हुँदैन भन्नेछ । तर उत्पादनको हिसाबमा हेर्दा ७५ प्रतिशतभन्दा धेरै प्रोडक्ट नेपालमै बन्ने गर्छन् । तर यसलाई एउटा सिस्टममा लान भने जरूरी छ । खुल्ला सीमानाका कारण पनि नेपालमा उत्पादन भएका औषधिहरू नेपालमै वितरण गर्ने व्यवस्था मिलाउनुपर्छ । ठूला देशले पनि औषधिका लागि अन्य देशसँग सम्पर्क गर्ने गर्छन् ।

Advertisement

औषधिको बिक्री वितरणमा नाफाको धेरै मार्जिन राखिन्छ भन्ने सुनिन्छ । वास्तविकता त्यही हो र ?
यो त सबैलाई थाहा भएकै विषय हो । विगतमा नेपालले ४० प्रतिशत औषधि बनाउँथ्यो भने ६० प्रतिशत औषधि चाहीं बाहिरबाट आउने गथ्र्यो । त्यति बेलादेखि नै यस्ता आरोपहरू लाग्दै आएका थिए । बलिया कम्पनीले नै त्यस्तो गरे पछि हामी पनि बाध्यतामा छौं । यो औषधिमा मार्जिन चाहीं पक्कै पनि राखिन्छ । यो कुरा पक्कै पनि छ । डक्टरले औषधि लेख्ने र बिरामीले खाने हो । यसमा बिचमा कसैले पनि मार्जिन खाने अवस्था रहनुहुन्न । यसलाई नियन्त्रण गर्न सरकारले नीतिगत सुधार गर्न जरूरी छ । यो केही हदसम्म आयात प्रतिस्थापनसँग पनि जोडिन्छ । हामी यो मार्जिन खान चाहदैनौं । यसलाई सकेसम्म हटाउनु पर्छ ।

कम्पनीको संख्या बढ्दो छ । तर औषधिको माग अनुसार आपूर्ति हुन सकेको छैन । यसको तालमेत कहाँ बिग्रिएको छ ?
अहिले ६०–६२ वटा कम्पनी आईसकेको अवस्था छ । नेपाल जस्तो कम विकशील मुलुकमा अरूले केही राम्रो गरेको देख्यो कि सबैले त्यही व्यवसाय गर्न लागेको देखिन्छ । औषधि उद्योगमा पनि त्यसरी भएको छ । विदेशमा पनि कम्पनी संख्या धेरै भए पनि राम्रोसँग काम भएका छन् । हामीले नीतिगत सुधारलाई जोड दिनुपर्छ ।

अस्पताल अनुसार औषधिमा सिण्डिकेट गरिएको जस्तो देखिन्छ । यस्तो किन हुन्छ ?
अहिले त्यस्तो कमै हुन्छ । यस्तो घटना पनि विगतमा भएकै हो । यी सबै कुरासँग जोडिने भनेको सरकारी नीति नै हो । सिस्टम बलियो बनाएमा यस्ता समस्या समाधान हुन्छन् । अहिले औषधिको २० वर्ष अगाडि कै  रेटहरू कायम छन् । खुल्ला अर्थतन्त्रमा औषधि बजारले पनि त्यस्ता समस्याबाट पर हुनुपर्ने हो । हामीले आवाज पनि उठाएका छौं । तर सम्बन्धित निकायबाट समयमा अध्ययन, अनुसन्धानको कमी हुँदा यस्ता विकृतीहरू देखिएका हुन् ।

थप कुराकानी माथि भिडियोमाः 

 

Advertisement

Advertisement