कार्यकाल नसकिँदै कोषको प्रशासकबाट अवकाश दिने सरकारको निर्णयविरुद्ध गौतम सर्वोच्चमा

Advertisement

काठमाडौं । कार्यकाल नसकिँदै अवकाश दिने सरकारको निर्णयविरुद्ध कर्मचारी सञ्चय कोषका प्रशासक तुलसी गौतमले सर्वोच्च अदालतमा शुक्रबार रिट दायर गरेका छन् । 

उनले बिना कारण कार्यकाल नसकिँदै अवकाश दिने सरकारको निर्णय गैरकानुनी रहेको भन्दै उक्त निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेशको समेत माग गरेका छन् । 

Advertisement

पेशागतरुपमा इमान्दार र निजामती कितावखानाको कम्युटराइजेशन गर्ने, राष्ट्रिय परिचयपत्र वितरण प्रणाली अघि बढाउने, फोटोसहितको मतदाता नामावली संकलन गर्ने क्रममा मुख्य भूमिका खेलेका गौतमले कोषमा आएपछि यसको आधुनिकीकरण, कार्यशैलीमा सुधार, लगानीको विविधिकरण र पारदर्शीता कायम गर्न महत्वपूर्ण भूमिका खेलेका थिए । 

खुल्ला प्रतिस्पर्धाबाट पाँच बर्षका लागि नियुक्त भएका गौतमलाई गएको सोमबारको मन्त्रिपरिषदको बैठकले ४० महिनामा नै विना कारण अवकाश दिने निर्णय गर्ने निर्णय गरेपछि उनी अदालतको शरणमा गएका हुन् । उक्त रिटको पेशी आइतबारका लागि तोकिएको छ । 

यो पनि पढ्नुहोसः

मलाई अवकाश दिने सरकारको निर्णय गैरकानुनी र अन्यायपूर्ण छ, अदालत जान्छुः तुलसी गौतम

Advertisement

Advertisement