धारिलो हतियार प्रयोग गरी एकै परिवारका छ जनाको हत्या

Advertisement

संखुवासभा । मादी नगरपालिका– १, खोला गाउँको एक परिवारका छ जनाको अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी हत्या गरेको छ । उक्त गाउँका तेजबहादुर कार्की परिवारको बंश नै नाश हुनेगरी सामुहिक हत्या गरिएको हो ।

उनको परिवारका सबै सदस्यको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा शवहरू भेटिएको जिल्ला प्रहरी कार्यालयले खाँदबारीले जनाएको छ । हत्या हुनेमा ५८ वर्षीय तेजबहादुर कार्की, उनकी आमा ८० वर्षीया पार्वता कार्की, श्रीमती ५६ वर्षीया मनमाया कार्की, २८ वर्षीया बुहारी रञ्जना कार्की, १० वर्षीय नाती दीपक कार्की र ५ वर्षीया नातिनी गोमा कार्की छन् । 

Advertisement

बिहान अबेरसम्म घरको दैलो नखुलेपछि छिमेकीले बाहिरबाट बोलाउन थालेको तर भित्रबाट कुनै प्रतिक्रिया नआएपछि उनीहरूले प्रहरीलाई खबर गरेका थिए । घट्नाको अहिले प्रहरीले छानविन गरिरहेको छ । 

Advertisement

Advertisement