सङ्खुवासभा सामूहिक हत्याकाण्डः एक जना पक्राउ, आइतबार सार्वजनिक गरिने

Advertisement

भविन कार्की
किमाथाङ्काः सङ्खुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा भएको सामूहिक हत्यामा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 

हत्यामा संलग्न भएको आरोपमा मादी –१ उम्लिङ खोला गाउँकै लोकबहादुर कार्कीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए ।     
     
गत सोमबार मादी –१ उम्लिङ खोला गाउँमा ५२ वर्षीय तेजबहादुर कार्की, उनकी ८४ वर्षीया आमा पार्वती कार्की, ५२ वर्षीया श्रीमती कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाति ११ वर्षीय दीपेन कार्की र नातिनी ७ वर्षीया गोमा कार्कीको हत्या भएको थियो । हत्या गर्ने तेजबहादुरको भजित पर्ने हुन् ।     
     
घटनाको अनुसन्धानका लागि प्रहरी नायब महानिरीक्षक अरुणकुमार बीसीसहित नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लगायतको टोली घटनास्थल पुगेको थियो ।     

Advertisement

घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका व्यक्ति कार्की परिवारकै आफन्त भएको सङ्खुवासभाका प्रहरी प्रमुख सुवेदीले जानकारी दिए । यस विषयमा आइतबार पत्रकार सम्मेलन गरेर जानकारी गराइने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।     
     
लोकबहादुर धान गोड्न खेताला खोज्न बिहानै आफ्नो घरबाट माथितिर लाग्ने क्रममा आफ्नो घर अगाडि आइपुगेको बेला लोकबहादुरले प्रहा।र गरेको, सोही क्रममा उनी गुहार माग्दै चिच्याउने क्रममा परिवारका अन्य सदस्यले पनि देखेको, देख्ने बच्चासहित सबैलाई लखेट्दै उनले हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । 
 
मानसिकरुपमा बिरामी लोकबहादुरले सोसम्वन्धी औषधि पनि खाने गरेको प्रहरी अनुसन्धानमा देखिएको छ । उमेरले २६ बर्ष मात्रै भएका लोकबहादुरले तेजबहादुरको मात्रै हत्या गरेर गाड्न खोजे पनि परिवारका अन्य सदस्यले समेत देखेपछि उनीहरू सबैको हत्या गरेको प्रहरीको भनाई छ । 

तेजबहादुरको हत्या गरेपछि उनको परिवारका सदस्यहरू कराउन र चिच्याउन थालेको, त्यसपछि लोकबहादुर उनकै घरमा पुगेर एक एक गरी हत्या गरेका थिए । तेजबहादुरको घर नजिक अन्य घर नभएकाले पनि गुहार माग्दा गाउँले आउन नसकेको अनुमान गरिएको छ । 

प्रहरीले लोकबहादुरको घरमा रगत लतपतिएको कपडा र हत्यामा प्रयोग भएको हतियार बरामद भएको जनाएको छ । प्रारम्भिक अनुसन्धानमा लोकबहादुर र तेजबहादुरबीच पारिवारिक दुश्मनी रहेको देखिन्छ । 

Advertisement

Advertisement