Advertisement

अमित अग्रवाल, निर्देशक, खल्ती डिजिटल वालेट
वालेटमा प्रवेश गर्न सजिलो छ । जसरी बैंकमा खाता खोलेर पैसा राखिने र कारोबार गर्ने गरिन्छ, त्यसैगरी डिजिटल वालेटमा पनि खाता खोलेर प्रवेश गर्नुपर्ने हुन्छ । एप डाउनलोड गर्ने, मोबाइल नम्बर राखेर तुरुन्तै खाता खोलेर वालेट चलाउन सकिन्छ । यसले बाहिरबाट हेर्दा वालेट प्रयोगकर्ता ८८ लाख नाघेको देखिन्छ । तर, साइनअप मात्रै गर्नुले प्रयोगकर्ता भने बढ्दैनन् । बैंकले पनि मोबाइल बैंकिङ बनाइरहेका छन् । मोबाइल बैंकिङमा प्रवेश गराउन सचेतना बढाउनु परिरहेको छ । प्रविधि बन्दैमा सबैले प्रयोग गरेका हुँदैनन् । बैंकमा नै पुगेर सेवा लिन गाह्रो भएको अवस्थामा मोबाइल बैंकिङ सेवा प्रयोग गर्न लगाउने काम नै वालेटले गरेका छन् । डिजिटल प्रविधिमार्फत अनलाइन खाता धमाधम खुलिरहेको छ । वालेटको केवाईसी पनि बैंककै जस्तो हो तर तुलनात्मक रूपमा वालेटको केवाईसी अलि छोटो र सजिलै भर्न सकिन्छ । वालेट पेमेन्ट एप भएकोले प्रयोगकर्तालाई पैसा राखेर कारोबार गर्नेको संख्या र सक्रिय प्रयोग गर्ने ग्राहकको संख्या त करिब १० लाख मात्रै भएको अनुमान गर्न सकिन्छ ।

वालेटले राम्रो सेवा दिन सकेन भने जति धेरै वालेट आए पनि यो क्षेत्रको विकास हुन सक्दैन् । यो उद्योगकै ट्रस्ट जोगाउन पनि राम्रो वालेट आउनुपर्छ । विश्व बैंकको एक रिपोर्टले डिजिटलमा नभएका ग्राहकलाई डिजिटलमा ल्याउन र कारोबार सुरु गराउन पाँच डलर खर्च लाग्छ । अहिले नेपाली वालेटले पनि त्यसैगरी ग्राहकलाई वालेटमा तान्नमै खर्च गरिरहेका छन् ।

Advertisement

खल्ती वालेटकै कुरा गर्दा यसले अहिलेसम्म वित्तीय सचेतनाको विषयमा तीन सय वटा भिडियो बनाइसकेको छ । खल्तीमा कसरी सेवा प्रयोग गर्ने र कुन सेवा कसरी ? भनेर सिकाउने जानकारी दिने काम भिडियोबाटै दिएका छौं । वालेटमार्फत हामीले नयाँ नयाँ क्षेत्र खोजिरहेका छन् ।

बैंकको एपबाट १०–१५ वटा क्षेत्रको पेमेन्ट गर्न मिल्छ । खल्ती एप चलाएर गर्ने पेमेन्ट अहिले तीन हजार नाघिसकेको छ । खल्ती बजारमा गएर हेर्ने हो भने खानेपानी, दूध, डक्टरको सेवादेखि लिएर विविध क्षेत्रको पेमेन्ट गर्न मिल्छ । बैंकको लागि यी साना साना भुक्तानी मोबाइल रिचार्ज जत्तिको ठूलो सिस्टम हैनन् । तर, वालेटमा आउने, बानी पर्ने र वालेटले भोलिका दिनमा बैंकको लागि नयाँ नयाँ क्षेत्र पहिचान गर्ने काम गरिदिएको छ । वालेटले बैंकको लागि ठूलो संभावनाको बाटो बनाइदिन्छ । यसको लागि बैंकले वालेटसँगै सहकार्य गरेर जानुपर्ने हुन्छ । अहिले पनि वालेटमा नयाँ नयाँ मर्चेन्ट हुन्छ जुन बैंंकसँग छैन् । वालेटले पनि बैंकसँगै सहकार्य गरेर त्यो सेवा दिने हो । त्यसैले वालेट नयाँ इनोभेसन गर्ने र नयाँ नयाँ क्षेत्रमै जाने हो । बैंकसँग मिलेर बैंकको लागि कर्जा खोज्ने काम भोलि वालेटले गर्न सक्छन् । हामीले अहिले सबै प्रकारका भुक्तानीको काम बैंकसँग मिलेर गरिरहेका छौं ।

समग्रमा वालेटको प्रयोग बढाउन सबैले सचेतना नै बढाउँदै गइरहेको भए पनि प्रयोगकर्ता भने न्यून छन् । वालेटमा ग्राहक आउन समय भने लाग्ने हुन्छ । अहिले जति ग्राहकले वालेट चलाउँछन, त्यो कुल डिजिटल बजारको पाँच प्रतिशत मात्रै हो । वालेटबाट सरकारी सेवा, राजस्वसहितको युटिलिटि पेमेन्ट हुँदा पनि अझै ९५ प्रतिशत त डिजिटल हुनै बाँकी छ । त्यो ९५ प्रतिशत बजारमा पुग्नै बाँकी रहेको छ । वालेटहरू युटिलिटी पेमेन्टभन्दा माथि पुग्नुपर्ने छ । डिजिटल ट्रान्सफरमेसनको लागि वालेटको निकै ठूलो भूमिका अझै बाँकी नै छ । त्यतिबेला पक्कै वालेटको कारोबार र हिस्सा बढ्ने छ । वालेटमा विश्वास बढेपछि कारोबार आफैं बढ्छ ।

पछिल्लो समय मोबाइल बैंकिङलाई वालेटको चुनौति भन्ने गरेको भए पनि हामी वालेटले भने चुनौति मानेका छैनौं । वास्तवमा वालेटले त खोजेकै मोबाइल बैकिङ प्रयोगकर्ता बढोस भन्ने नै हो । यसको अर्थ जबसम्म वालेटको प्रयोग बढ्दैन तबसम्म मोबाइल बैंकिङ बढ्दैन् । टेक्नोलोजी मात्रै बनाएर युजर अनबोर्ड हुँदैनन् । युजर अनबोर्ड हुन र तिनीहरूलाई सिकाउने काम वालेट नै गरिरहेका हुन्छ । अहिले सिमित मर्चेन्ट मात्रै डिजिटलाइज भएको अवस्था छ । सबैले युटिलिटी पे अन्तर्गत मोबाइल रिचार्ज, टिभीको रिचार्ज, बत्ती, पानीको बिल तिर्ने देखिएको छ । यो त बजारमा हुने कारोबारको पाँच प्रतिशत मात्रै हो । बाँकी सबै कारोबार डिजिटलाइज गर्ने र इनोभेसन गर्ने काम फाइनान्स टेक्नोलोजीको हो जुन काम हामीजस्तै वालेटहरूले गर्ने हो ।

बैंकको एपमा पेमेन्ट त जम्मा १० देखि २० प्रतिशत मात्रै हो । बाँकी ८० प्रतिशत काम बैंकमै गएर मात्रै हुन्छ । बैंक नपुगेको ठाउँमा पुग्ने काम नै वालेटको हो । वालेटले हरेक ठाउँमा पेमेन्ट गर्दा वालेटकै प्रयोग गराउने गरी जानुपर्छ । वालेटको काम नयाँ नयाँ मर्चेन्टलाई ल्याउने र इनोभेसन गर्ने नै हो ।  

खल्तीका निर्देशक अमित अग्रवालको थप कुराकानी माथि भिडियोमा हेर्नुहोस्ः

 

Advertisement

Advertisement