नारायणहिटी दरबार संग्रहालयबाट श्रीपेच चोर्न खोज्ने पक्राउ

Advertisement

काठमाडौं । नारायणहिटी दरबार संग्रहालयबाट राजाको श्रीपेच चोर्न खोज्ने पक्राउ परेका छन् । अवलोकनका लागि राखिएको श्रीपेच चोर्न खोज्ने एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।  

रुकुम मुसिकोट नगरपालिका वडा नम्बर ११ स्थायी घर भई हाल काठमाडौंको म्हेपीमा बस्दै आएका अन्दाजी २५ वर्षीय खिमबहादुर घर्तीले सोकेस फुटाएर श्रीपेच झिक्न खोजेको अवस्थामा पक्राउ परेका हुन् । 

Advertisement

नारायणहिटी दरबार संग्रहालय व्यवस्थापन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालका अनुसार घर्तीले श्रीपेच झिक्न खोजेपछि पक्राउ गरिएको हो । नेपाली सेनाका सुरक्षा गार्डले उनलाई नियन्त्रण लिएर प्रहरीलाई बुझाएको उनले जानकारी दिएका छन् । अहिले घर्ती दरबारमार्ग प्रहरी वृत्तमा छन् । उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

यता राजसंस्था पक्षधरहरूले राजाले नासोको रुपमा सुम्पिएको श्रीपेच अहिलेको सरकारले संरक्षण गर्न नसकेको भन्दै आलोचना गरेका छन् । 

Advertisement

Advertisement