सुरक्षा गार्डमाथि गोली प्रहार गरी सिटिजन बैंक लुट्नेहरु पक्राउ

Advertisement

मोरङ । कर्सिया बजारमा रहेको सिटिजन बैंक शाखामा सुरक्षा गार्डलाई गोली प्रहार गरी लुटपाट गर्ने पक्राउ परेका छन् । 

बैंक लुट्न चार–पाँच जनाको समूहमा आए पनि तीन जना मात्रै पक्राउ परेका हुन् । पक्राउ पर्नेमा दूई भारतीय एक नेपाली छन् । उक्त समूह जबर्जस्ती बैंकमा छिर्न खोजेको र सुरक्षा गार्डले रोक्न खोजेपछि उनीमाथि गोली प्रहार गरिएको प्रत्यक्षदर्शीको भनाई छ । 

Advertisement

गोली लागेर घाइते भएका रंगेली नगरपालिका २ का सीतल कुंवर विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाई छ । लुटेरा समूहले तीन राउण्ड गोली प्रहार गरेको थियो । त्यसपछि बैंकमा लुटेको उक्त समूहले के कति पैसा लुटेको अनुसन्धान भइरहेको प्रहरीको भनाई छ । 

पैसा लुटेर भाग्दै गरेका लुटेरालाई भारतीय सीमावर्ती क्षेत्रबाट पक्राउ गरिएको हो । पक्राउ गर्ने क्रममा प्रहरीले गोलीसमेत चलाउनु परेको थियो । 

Advertisement

Advertisement