सिके राउतका कार्यकर्ताले सरकारी कर्मचारीलाई अमानवीय तरिकाले हिलो दलेर नगर घुमाए

Advertisement

काठमाडौँ। सिके राउतले नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुले अमानवीय तरिकाले एक सरकारी कर्मचारीलाई ढलको हिलो दलेर नगर घुमाएका छन् । 

आन्दोलनको नाममा जनकारबाही गरिरहेको भन्दै राउतका कार्यकर्ताले नेपाल खानेपानी तथा संस्थान जनकपुरका निमित्त प्रमुख राजेश्वर कुशवाहलाई कार्यालयबाट निकालेर अर्धनग्न पारेर, हिलो दलेर नगर परिक्रमा गराएका हुन् ।

Advertisement

लगातारको वर्षाका कारण जनकपुरधाम जलमग्न भएको बेला पानीको निकास नभएपछि त्यसको दोष कुशवाहमाथि थोपरिएको हो । उनीमाथि अनियमितता गरेको आरोप समेत राउतका कार्यकर्ताले लगाएका छन् । 

राउतका कार्यकर्ताले लाठीसहित गुण्डागर्दी शैलीमा खानेपानी प्रमुखलाई जबरजस्ती सडकमा घिसार्दै  नगरपरिक्रमा गराएका छन् । उनीहरुले कुशवाहलाई कुटपिट पनि गरेका थिए । 

Advertisement

Advertisement