Advertisement

काठमाडौं। अहिले देखिएको तरलता अभावले क वर्गका वाणिज्य बैंकहरूलाई मात्रै असर गरेको छैन्, अन्य वर्गका बैंक वित्तीय संस्थालाई पनि असर पारेको छ । तरलता अभाव हुँदा सबैलाई र सहजता हुँदा सबैलाई हुन्छ । पछिल्लो समय फाइनान्स (वित्त)कम्पनीहरूको पोर्टफोलियो बढेको भए पनि ऋण दिने क्षमता भने कम भएका फाइनान्स कम्पनी कम्फटेवल पोजिसनमा रहेको नेपाल वित्तिय संस्था संघका अध्यक्ष सरोजकाजी तुलाधर बताउँछन् । तुलनात्मक रूपमा वाणिज्य र विकास बैंकले जस्तो आक्रामक ऋण नबढाएको कारण आफूहरुलाई सहज भएको उनको भनाई छ । 

फाइनान्स कम्पनीमा सधैं तरलता सहज नै हुन्छ भन्ने नहुने तुलाधर बताउँछन् । ऋण बढ्दै जाने तर सोही अनुसार निक्षेप नबढ्ने हो भने समस्या फाइनान्स कम्पनीसम्म पनि आइपुग्ने हुन्छ । पछिल्लो समय सबै बैंक तथा वित्तीय संस्थामा नै तरलता असहज भएकोले सबैलाई गाह्रो परेको अनुभव उनको छ ।

Advertisement

निक्षेप आएपछि ऋण दिने वा ऋण दिनलाई निक्षेप खोज्न के गर्ने ? भन्ने सबैको आआफ्नै पर्सेप्शन वा स्ट्राटेजी हुनसक्ने भन्दै तुलाधरले ऋण दिनलाई निक्षेप खोज्ने नभएर निक्षेप आएपछि ऋण दिने गर्नुपर्छ भन्ने मान्यता पछिल्लो समय देखिएको छ । यसले फाइनान्स कम्पनीमा निक्षेप आएपछि मात्रै ऋण दिने गरेको र विगतमा पनि यो विषयमा ठूलो समस्या फाइनान्स कम्पनीलाई छैन भन्ने बुझाई उनको छ ।

गुडविल फाइनान्स कम्पनीका सीईओसमेत रहेका तुलाधरका अनुसार सीडी रेसियो नाघ्ने भन्ने विषय नै पहिले ऋण दिने र त्यसपछि डिपोजिट खोज्न थाल्नु हो । कहिलेकाहीं सीडी रेसियो सहज अवस्थामा बसेको छ भने पनि निक्षेप कम हुँदा त्यो समस्या आएको हुन्छ । अहिले सीडी रेसियो सीमाभन्दा माथि छ भने केन्द्रीय बैंकले सहजीकरण गर्नुपर्छ । ऋण दिइसकेको अवस्थामा त्यसलाई मेन्टेन गर्न निश्चित समय पनि लाग्छ ।

सीडी रेसियो टाइट हुँदाहुँदै ऋण बढाएको छ भने तोकिएको सीमालाई मान्नुपर्ने नै हुन्छ । चालू आवको लागि राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिले लिएको १९–२० प्रतिशतको बृद्धिका लागि पनि ऋण त दिनैपर्ने हुन्छ भन्दै उनले त्यसका लागि बैंक तथा वित्तीय संस्थाहरूले १९–२० प्रतिशतको बृद्धिदर नगर्ने हो भने तोकिएको जीडीपीको लक्ष्य पूरा नहुन पनि सक्छ भन्छन् ।

फाइनान्स कम्पनीको बजार हिस्सा वाणिज्य बैंकसँग तुलनामा भने सानो छ । बजार हिस्सा सानो भन्दैमा आफूहरु आक्रामक बजार विस्तार गरिहाल्ने भन्ने पनि नहुने तुलाधरको भनाई छ । पहिले निक्षेपको हिसावमा कुन कम्पनी राम्रो भन्ने गरिन्थो भने अहिले कस्को शाखा सञ्जाल राम्रो भन्ने गरिन्छ । फाइनान्स कम्पनीको पहुँचका हिसावले शाखा विस्तार गरेर जानु राम्रो मानिने उनको भनाई छ । तर, वाणिज्य बैंकको चार सय वटा शाखा छ भने त्यो बैंकको क्यापिटल पोर्टफोलियोले साथ दिनुपर्ने हुन्छ । प्रतिस्पर्धा अरुसँग भन्दा पनि आफूले आफैंसँग गर्नुपर्छ भन्ने हो । हामीले ग्राहकको विश्वास अनुसार काम भने गरिरहेका पनि उनको भनाइ छ ।

फाइनान्सले दिने सेवा र सुविधा विकास र वाणिज्य बैंकसँग तुलनायोग्य नहुने तुलाधर बताउँछन् । फाइनान्स कम्पनीको ग्राहक विश्वासकै कारण आफूहरुले दिने ब्याजदर थोरै हुँदा पनि विकास बैंक तथा वाणिज्य बैंकतर्फ ग्राहक जाने भन्ने नहुने उनले बताए । विकास बैंक र वाणिज्य बैंकसँग ग्राहक जाने क्षमता नै फाइनान्स कम्पनीहरूले बनाएको बुझाई पनि तुलाधरको छ । उनीहरुसँग गरिएको कुराकानी भिडियोमा हेर्नुहोसः 

 

Advertisement

Advertisement