नेपालमा विदेशी विनिमय डेरिभेटिम बजार अझै प्रारम्भिक अवस्थामाः अध्ययन

Advertisement

काठमाडौं । तरलता, बजार सहभागिता, कानुनी व्यवस्था, विषयवस्तुको ज्ञान एवं बजार पूर्वाधारको आधारमा हेर्दा नेपालमा विदेशी विनिमय डेरिभेटिम बजार अझै प्रारम्भिक अवस्थामा नै रहेको अध्ययनबाट देखिएको छ । 

नेपाल राष्ट्र बै.कले गरेको अध्ययनबाट विदेशी विनिमय डेरिभेटिभ कारोबारलाई समेट्ने छुट्टै कानुनी व्यवस्था गर्नुपर्ने पनि देखिएको छ । हालको ओभर त काउन्टर मार्केटलाई अझ सशक्त बनाउँदै हेजिङलाई सहजता प्रदान गर्न र विदेशी प्रत्यक्ष लगानी आकर्षित गर्न लङटम फर्वाड्स, स्वीप्स र अप्शन्सलाई प्रवद्र्धन गर्नुपर्ने राष्ट्र बैंकको अध्ययन प्रतिवेदनमा औंल्याइएको छ । 

Advertisement

नेपालमा विदेशी विनिमयमा आधारित डेरिभेटिम बजारको प्रचलित अभ्यासको समीक्षा गर्दै डेरिभेटिम उपकरणसम्वन्धी कानुनी एवं नियमनकारी ढाँचाको अवस्था र बजारको स्थितिबारे विश्लेषण गरिएको यस अध्ययनले सार्क मुलुकका विदेशी विनिमय डेरिभेटिम बजारको अवस्थाबारेमा पनि छोटकरीमा विश्लेषण गरेको छ । 

सार्क मुलुकमध्ये भारत, बंगलादेश, पाकिस्तान र श्रीलंकामा विदेशी विनिमय डेरिभेटिम बजार अन्य मुलुकको तुलनामा बढी व्यवस्थित र फराकिलो रहेको पाइएको छ । सर्वोक्षणअनुसार नेपालमा सबै बाणिज्य बैंकहरु फर्वाड मार्केटमा संलग्न रहेको र आधाजसो बैंकहरु स्वीप्स कारोबारमा संलग्न रहेको देखिएको छ । 

८१ उत्तरदाता गैरवित्तीय फर्महरु (११५ फर्मलाई प्रश्नावली सोधिएको)मध्ये १४.८ प्रतिशतले मात्रै डेरिभेटिभ प्रोडक्टको प्रयोग गर्ने गरेको, जसमध्ये अधिकांश स्टिल तथा धातु उत्पादक फर्महरु रहेका छन् । दैनिक कारोबारमा विदेशी विनिमय जोखिम नरहेको भन्ने फर्महरु ३७ प्रतिशत रहेका छन् । विदेशी विनिमय जोखिम रहेको भन्ने फर्महरुमध्ये ५२.९ प्रतिशतलाई डेरिभेटिम प्रोडक्टसम्वन्धी जानकारीको अभाव रहेको पनि अध्ययनबाट पाइएको छ । 

Advertisement

Advertisement