राष्ट्र बैंक नै भन्छ– वित्तीय साधन परिचालन वाग्मतीमा केन्द्रीत भयो, कर्णालीमा पुगेन्

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले गरेको अध्ययनले बैंक वित्तीय संस्थाको सेवा वाग्मती प्रदेशमा केन्द्रीय भएको छ भने कर्णालीमा नगन्य वृद्धि भएको छ । संघीय संरचनामा वित्तीय क्षेत्रको स्रोत परिचालनको अवस्थाबारे राष्ट्र बैंकले सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा उक्त कुरा देखिएको हो । 

क, ख र ग वर्गका बैंक वित्तीय संस्थाको पहुँच र साधन परिचालन वाग्मतीमा अधिकेन्द्रीत भएको देखिएको छ भने कर्णाली र सुदूरपश्चिममा न्यून रहेको छ । जसअनुुसार आर्थिक बर्ष २०७७–७८ मा बैंक तथा वित्तीय संस्थाको कुल शाखा संख्यामध्ये सबैभन्दा बढी अर्थात ३४ प्रतिशत वाग्मतीमा र सबैभन्दा कम अर्थात चार प्रतिशत कर्णालीमा रहेको छ । 

Advertisement

बैंक तथा वित्तीय संस्थाबाट परिचालन भएको कुल निक्षेपको ६८ दशमलव १ प्रतिशत र कुल कर्जाको ५६ दशमलव ६ प्रतिशत वाग्मतीमा रहेको छ । कर्णाली र सुदूरपश्चिममा यस्तो निक्षेप कर्जा परिचालन न्यून रहेको छ । क, ख र ग वर्गका बैंक वित्तीय संस्थाको तुलनामा लघुवित्त वित्तीय संस्थाको वित्तीय पहुँच तथा वित्तीय स्रोत परिचालन प्रदेशगतरुपमा बढी सन्तुलित देखिएको छ । 

यद्यपि अध्ययनले वाग्मतीको तुलनामा अन्य प्रदेशमा वित्तीय साधन परिचालन क्रमस विस्तार भइरहेको, सहुलियतपूर्ण कर्जा र पुनरकर्जाको पहुँच वाग्मतीबाहेकका प्रदेशमा उत्साहजनक रुपमा बढेको, औद्योगिक उत्पादन, कृषि तथा अन्य प्राथमिकताप्राप्त क्षेत्रको कर्जाको वितरण क्रमिकरुपमा सन्तुलित हुँदै गएको अध्ययन प्रतिवेदनमा औंल्याइएको छ । तर वाग्मतीबाहेक अन्य प्रदेशमा वित्तीय साधन परिचालन बढाउन माग पक्ष कमजोर रहेको देखिएको छ । 

Advertisement

Advertisement