जुवा खालबाट पक्राउ परेका काँग्रेस जिल्ला सभापतिलाई हिरासतमा नराखी सुटुक्क अस्पताल

Advertisement

काठमाडौं । जुवा खालबाट रंगेहात पक्राउ परेका नेपाली काँग्रेसका जिल्ला सभापति बर्मा लामालाई प्रहरी हिरासतमा राखी कानुनी कारवाही अघि बढाउनुपर्नेमा प्रहरीले अस्पताल लगेको छ । 

बिहीबार राति पक्राउ परेका उनलाई काँग्रेसका नेताहरुको दबाबमा उच्च रक्तचापको कारण देखाउँदै शुक्रबार अस्पताल भर्ना गरिएको खुलेको हो । लामा केही दिनअघि मात्रै दोलखाको जिल्ला सभापति चयन भएका थिए । जुवा खेलाउने सागर लामाको घरबाट लामासहित १८ जना छ लाख रुपियाँसहित पक्राउ परेका थिए । 

Advertisement

पक्राउ परेका लामासहितका व्यक्तिलाई प्रहरीले कानुनी कारवाही अघि बढाउने तयारी गरे पनि सत्तारुढ काँग्रेसका उच्च नेताको दबाबमा अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा भर्ना गरिएको छ । जुवा खेलाउने लामा फरार रहेको प्रहरीको भनाई छ । 

Advertisement

Advertisement