अमेरिकाको अर्को मन्त्री पनि आज आउँदै, देउवासँग साँझ भेट्ने तयारी

Advertisement

काठमाडौं । अमेरिकी संस्था एमसीसीसँगको सम्झौता अनुमोदनका विषयमा छलफल गर्न बुधबार नेपाल आएका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुु र प्रधानमन्त्री शेरबहादुर देउवाबीच बिहीबार बेलुका भेटवार्ता हुने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा हुने द्विपक्षीय भेटवार्तामा कोभिड १९ महामारी, जलवायु संकट र लोकतन्त्रको सबलीकरणबारे छलफल हुने अमेरिकी दूतावासले जनाए पनि उनको भ्रमणको मुख्य उद्देश्य एमसीसीको विषयमा नै रहेको बताइन्छ । 

Advertisement

दुबै पक्षले एमसीसीबारे खुलेर केही नबताए पनि लूको भ्रमण निकै अर्थपूर्ण देखिन्छ । यसअघि एमसीसी कार्यालयकी अधिकारी फातिमा सुमार नेपाल आएर नेपालका नेताहरुसँग भेटेकी थिइन् । उक्त प्रभावकारी नभएको बेला लु पनि आउनु एमसीसी अनुमोदनका लागि अमेरिकी दबाबको रुपमा हेरिएको छ । 

उनले परराष्ट्रमन्त्री, रक्षामन्त्रीलगायतसँग पनि भेट्ने कार्यक्रम छ । अमेरिकी उपसहायकमन्त्री केली केन्डरलिङ पनि आजै काठमाडौं आउने कार्यक्रम छ ।

Advertisement

Advertisement