एकैचोटी डेढ किलो सुँगुरको मासु र साढे तीन किलो प्राउन खानेलाई रेष्टुरेन्ट छिर्न प्रतिवन्ध

Advertisement

एजेन्सी । चीनको एक रेष्टुरेन्टले धेरै खाएको भन्दै आफ्नो एक ग्राहकलाई प्रवेश निषेध गरेको छ । ती ग्राहकले आफूलाई धेरै खाएको भन्दै रेष्टुरेन्टले प्रवेश निषेध गरेको चिनियाँ सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै गुनासो गरेका छन् । 

काङ नाम गरेका ती व्यक्तिले एक पटक डेढ किलो सुँगुरको मासु र अर्को पटक साढे तीन किलो प्राउन खाइदिएका थिए । निश्चित पैसा तिरेर पेटभरि खान पाइने हान्डाडी सीफूड बीबीक्यू बफे रेस्टुरेन्टले उनलाई प्रवेशमा प्रतिवन्ध लगाएको हो । 
 
काङले सामाजिक सञ्जालमार्फत आफूले खानेकुरा खाएको प्रत्यक्ष प्रसारण पनि गरेका थिए । उनले धेरै खानेहरुप्रति रेष्टुरेन्टले भेदभाव गरेको भन्दै आपत्ति पनि प्रकट गरेका छन् । 

Advertisement

काङ भन्छन्, ‘म धेरै खान सक्छु । के त्यो मेरो गल्ती हो ? मैले खाने कुरा खेर फालेको छैन् ।’ तर रेस्टुरेन्टका सञ्चालकले भने टेलिभिजनलाई प्रतिक्रिया दिँदै काङले आफूलाई टाट पल्टाउन लागेको गुनासो पोखे ।

उनले भनेका छन्, ‘प्रत्येक पटक काङ मेरो रेष्टुरेन्टमा आउँदा मलाई केही सय युआन घाटा हुन्छ । उनी भटमासको दूध पनि २०–३० बोतल पिउन सक्छन् । सुँगुरको मासु खाँदा पूरै ट्रे नै सक्छन्। प्राउन खाँदा अन्य मानिसले चिम्टीले च्यापेर निकाल्छन् । उनी चाहिँ ट्रे नै लिन्छन् ।’

ती सञ्चालकले आफ्नो रेस्टुरेन्टमा प्रत्यक्ष प्रसारण गर्दै खाने सबैलाई प्रतिबन्ध लगाएका छन् । धेरै खाँदै गरेको कुरा प्रत्यक्ष प्रसारण गरेकै कारण चीनमा चर्चित बनेका काङले पेटभरी खान नदिने हो भने रेष्टुरेन्टले पहिले नै स्पष्ट भन्नुपर्ने बताउँछन् । 

Advertisement

Advertisement