अदालतले परराष्ट्रको विपक्षमा आदेश गरेसँगै गैरआवासीय नेपाली संघको चुनाव सुनिश्चित

Advertisement

काठमाडौं । अदालतले परराष्ट्र मन्त्रालयको निर्देशन कार्यान्वयन नगर्ने आदेश दिएसँगै गैरआवासीय नेपाली संघको चुनाव सुनिश्चित भएको छ । 

गैरआवासीय नेपाली संघको १०औँ अन्तर्राष्ट्रिय महाधिवेशन एवं आसन्न निर्वाचन रोक्नका लागि परराष्ट्र मन्त्रलायले चालेको कदम विरुद्ध संघले उच्च अदालत पाटनमा कानूनी उपचारका लागि मुद्दा दायर गरेको थियो । 

Advertisement

सो मुद्दामा अन्तरिम आदेश दिँदै अदालतले मन्त्रालयका पत्रहरु तत्कालका लागि कार्यान्वयन नगर्न नगराउन आदेश दिएपछि संघको निर्वाचन समितिले आसन्न निर्वाचनको कार्यतालिका प्रकाशन गरेको छ ।

परराष्ट्रमन्त्रीले संघमा आफ्नो पार्टीको पक्षको नेतृत्व ल्याउन राजनीतिक हस्तक्षेप गरेको संघको हालको नेतृत्वको आरोप थियो । हरेक समस्याको समाधान लोकतान्त्रिक विधि पद्दती र आपसी छलफलबाट मात्रै सम्भव हुने भएकाले आगामी दिनमा सहकार्य र सहमतिका साथ अघि बढ्न संघले आह्वान गरेको छ । निर्वाचन बिथोल्ने खालको कुनै पनि किसिमका गतिविधि नगर्न उसले आग्रह पनि गरेको छ । 

साथै, संघले आसन्न निर्वाचनलाई प्रभावित पार्ने मनसायले यही डिसेम्बर १ तारिखमा राष्ट्रिय समन्वय परिषद्का अध्यक्षहरुको भेला आयोजना गरिएको भन्ने खबर प्राप्त भएकोले यसै सूचनामार्फत, गलत मनसाय प्रेरित कुनै पनि भेला वा कार्यक्रममा सहभागी नहुन पनि निर्देशन दिएको छ । 

Advertisement

Advertisement