सुचना प्रविधिको कुम्भ मेला ‘क्यान इन्फोटेक’ माघ १८ बाट सुरु हुने

Advertisement

काठमाडौं । सुचना प्रविधिको कुम्भ मेला ‘क्यान इन्फोटेक’ आउँदा माघ १८ गतेबाट सुरु हुने भएको छ । क्यान महासंघले प्रेस शनिबार प्रेस विज्ञप्तिमार्फत माघ १८ देखि २३ सम्म ‘क्यान इन्फोटेक’ हुने जानकारी दिएको हो । मेला भृकुटीमण्डपमा सञ्चालन हुनेछ । 

महासंघले हरेक बर्ष यस किसिमको मेला गर्दै आएको छ । अब हुने मेला ‘क्यान इन्फोटेक’को २७औं संस्करण हो । संचार प्रविधि क्षेत्रमा विकास भएका नयाँ–नयाँ प्रविधि प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक रणनीति निर्माणका निम्ति सार्थक अन्तरक्रिया गर्ने भन्दै महासंघले ‘क्यान इन्फोटेक’ आयोजना गर्दै आएको छ । 

Advertisement

गत बैसाख २८ गतेदेखि जेठ २ गते यो मेला आयोजनाको तयारी गरिए पनि कोभिड महामारीको दोस्रो लहर बढेपछि स्थगित गरिएको थियो । मुलुककै ठूलो प्रदर्शनीको रुपमा रहँदै आएको ‘क्यान इन्फोटेक’ लाखौंले अबलोकन गर्ने गर्छन् । महामारी तथा बन्दाबन्दीका बेलामा देखिएको सूचना तथा संचार प्रविधिको अपरिहार्यताले सरोकारवालाहरुलाई यस क्षेत्रप्रति थप आकर्षित गरेको महासंघको भनाई छ । 

क्यान इन्फोटेक २०२२ मा ब्राण्डिङ, आइसिटी एक्ससरिज, गेम पार्लर, प्रडक्ट लञ्चिङ, स्टार्ट अप, रोबोटिक्स, इमर्जिङ टेक्नोलोजि, इ–वेष्ट म्यानेजमेण्ट, वाइफाइ तथा इण्टरनेट र लर्निङ सेन्टर लगायतका विभिन्न खण्डहरु रहने छन् । 

यसमा प्रदर्शनीकर्ताहरुले सफ्टवेयरहरु, नेटवर्किङ र क्लाउड सोल्युशन, मोबाइल फोन तथा सोल्युशन, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, सेक्युरिटि सोल्युशन, सोलार पावर सिष्टम, इन्भर्टर, युपीएस, ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिण्टर, पावर सिष्टम, कम्प्युटर एक्सेसरिज, एण्टिभाइरस सफ्टवेयर, बैंकिङ सोल्युशन, सीसीटीभी र हार्ड डिस्क, आईओटी तथा आर्टीफिसियल ईन्टेलिजेन्स सम्बन्धी जानकारी, आईटी कलेज, बैंक, बीमा तथा लेखासम्बन्धी सफ्टवेयर, सरकारी क्षेत्रमा प्रयोगमा आएका तथा आउने सफ्टवेयर र सोलुसन्स, स्वास्थ्य, पर्यटन र कृषिमा सूचना प्रविधि, सेल्फ लर्निङ सफट्वेयर तथा ट्युटोरियल आदि प्रर्दशनीमा रहनेछन् ।

Advertisement

Advertisement