एनपीआईद्धारा ‘योङ रिसर्चर अवार्ड २०२२’का लागि प्रस्ताव आव्हान, उत्कृष्टलाई एक हजार डलर उपहार

Advertisement

काठमाडौं । विदेशमा रहेका प्राज्ञिक व्यक्तिहरुको संस्था नेपाल पोलिसि इन्ष्टिच्युट (एनपीआई)ले सन् २०२२ का लागि ‘योङ रिसर्चर अवार्ड’ घोषणा गर्दै प्रस्ताव पेश गर्न आव्हान गरेको छ । 

संस्था अध्यक्ष खगेन्द्र ढकालले नेपाल र नेपालीहरुका विभिन्न नीतिगत विषयमा अध्ययन अनुसन्धान गरी नेपालको नीति निर्माण तहलाई सुझाव पेश गर्ने उद्देश्यले यो अवार्डको स्थापना गरिएको बताउँदै उत्कृष्ट छ वटा प्रस्तावलाई एक हजार डलरको दरले पुरस्कार प्रदान गरिने बताए ।

Advertisement

प्रस्ताव पेश गर्न आउँदो जनवरी ४ तारिखसम्मको समय तोकिएको छ । यस्तो अनुसन्धानका लागि एनपीआईले विभिन्न मापदण्ड पनि तोकेको छ जुन सो संस्थाको वेभसाइटमा उल्लेख गरिएको छ । नेपाली डायस्पोराको नलेज प्लयाटफर्मको रुपमा रहेको यस संस्थाले नेपालका विभिन्न सरकारी निकाय र उच्च अधिकारीहरुसँग नियमितरुपमा बहस आयोजना पनि गर्दै आएको छ ।   

युवा पुस्तालाई नीति निर्णयमा सहभागिताका लागि प्रोत्साहन गर्ने र उनीहरुको नविन सोचलाई प्रोत्साहन गर्ने संस्थाको मान्यताअनुसार यस किसिमको अवार्ड घोषणा गरिएको ढकालको भनाई छ । 

Advertisement

Advertisement