ठगी आरोपमा नक्कली महिला पत्रकार पक्राउ

Advertisement

काठमाडौं । ठगी आरोपमा एक जना नक्कली महिला पत्रकार पक्राउ परेकी छन् । आफूलाई जीन्यूजको पत्रकार बताउँदै आएकी एन्जिना कार्कीले विभिन्न काम बनाइदिन्छु भनेर रकम असुल गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । 

जनसेवा प्रहरी विशाल बजारले १६ लाख रुपियाँ नगदसहित पक्राउ गरेकोमा थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर सोह्रखुट्टेलाई बुझाइएको छ । जनसेवा प्रहरीका प्रहरी अधिकृत सन्तोष खड्काका अनुसार कार्कीले सहकारी विभिन्न व्यक्तिको रकम ठगी गरेको उजुरी र प्रमाणका आधारमा पक्राउ गरिएको हो । 

Advertisement

उनले रकम लिएको भिडियो पनि प्रहरीलाई बुझाइएको छ । कार्कीले आफू भारतको जीन्यूजसँग आवद्ध रहेको दावी गर्दै आएकी थिइन् । 

Advertisement

Advertisement