‘एमसीसी चाहिंदैन’ भन्दै संसद घेराउ, प्रहरीले बल प्रयोग गर्दा केही घाइते

Advertisement

काठमाडौं । अमेरिकी संस्था मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँगको सम्झौता अनुमोदन नगर्न माग गर्दै नयाँ बानेश्वरस्थित संसद भवन बाहिर प्रदर्शन गरिएको छ । 

सिपी गजुरेलको नेतृत्वमा रहेको देशभक्त जनगणतान्त्रिक मोर्चा, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलगायतका पार्टीले एमसीसीको विरोध गर्दै संसद भवन बाहिर प्रदर्शन गरेका हुन् । 

Advertisement

दजनौँको संख्यामा भेला भएका युवाहरुले एमसीसी चाहिँदैनँ, देश बेच्न पाइँदैन, दलालहरु होसियार, एमसीसी खारेज गर लगायतका नारा लगाएका थिए । कालो झण्डा प्रदर्शन गर्दै विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि बल प्रयोग गर्दा केही घाइतेसमेत भएका थिए । केहीलाई प्रहरीले नियन्त्रणमा पनि लिएको छ ।  

ती पार्टीहरुले सोमबार एमसीसीको नेपाल कार्यालय (एमसीए नेपाल) पनि घेराउ गरेका थिए । त्यस क्रममा पनि प्रहरीसँग मुठभेड भएको थियो । 

Advertisement

Advertisement