वालेटको मासिक कारोबार ३६ अर्ब, इसेवा एक्लैको हिस्सा ५३ प्रतिशत

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैैंकबाट डिजिटल भुक्तानी कारोबारका लागि अनुमति लिएका वालेट सेवाहरूले महिनामा नै ३६ अर्ब रुपियाँभन्दा बढीको कारोबार गर्ने गरेका छन् । 

यिनमा इसेवा, आइएमई पे, खल्ती र प्रभु पेको हिस्सा उल्लेख्य रहेको छ भने बाँकी वालेटहरूको ग्राहक संख्या र कारोबार रकम नै राष्ट्र बैंकले दिएको सीमाभन्दा कम छ ।

Advertisement

राष्ट्र बैंकबाट कर्पोरेट नेपाललाई प्राप्त तथ्यांकअनुसार ४९ लाख आठ हजार ग्राहक संख्या भएको इसेवाले मासिक एक करोड ३६ लाख वटा कारोबार गरेको छ । यसबाट उक्त सेवा प्रदायकले कात्तिकमा मात्रै १९ अर्ब ३० करोड रुपियाँ कारोबार गरेको देखिन्छ छ । 

समग्र वालेटहरूको कारोबार रकममा ५३ प्रतिशत भन्दा बढी हिस्सा इसेवाको मात्रै ओगटेको छ । इसेवापछि सबैभन्दा बढी करोबार गर्नेमा आइएमई पे छ । उसले कात्तिकमा १५ लाख २७ हजार ग्राहकमार्फत २९ लाख ३७ हजार पटक कारोबार गरेको छ । यसबाट आइएमई पेमा भएको कुल कारोबार रकम १३ अर्ब ६१ करोड रुपियाँ देखिन्छ । 

कारोबार रकमका आधारमा तेस्रो नम्बरमा खल्ती छ । खल्तीले १७ लाख ६२ हजार ग्राहकमार्फत एकै महिनामा ३९ लाख ८८ हजार कारोबार संख्याबाट दुई अर्ब २७ करोड रुपियाँ कारोबार गरेको उल्लेख छ ।

राष्ट्र बैैंकले दिएको तीन लाखभन्दा बढी ग्राहक संख्या पुर्याउनेपर्ने शर्त पूरा गर्न सफलमा प्रभु पे पनि रहेको छ । यसका छ लाख १२ हजार ग्राहकमार्फत छ लाख ५८ हजार वटा कारोबार हुँदा ३७ करोड ६१ लाख रुपियाँको कारोबार भएको देखिन्छ । 

अरु वालेटहरूमा पे नेपको चार लाख ५७ हजार ग्राहक संख्या देखिए पनि यसको मासिक कारबोर संख्या भने एक लाख मात्रै छ । यसको अर्थ यसका ग्राहकले महिनामा एक पटक पनि कारोबार नगरेको भन्ने तथ्यांकले देखाउँछ । पे नेपको कारेबार रकम भने १० करोड रुपियाँभन्दा बढी छ । डीजी पेको पनि ग्राहक संख्या तीन लखा ९० हजार भए पनि यसको कारोबार संख्या भने मासिक ३२० मात्रै छ । यसको काराबोर रकम पनि जम्मा तीन लाख मात्रै महिनामा रहेको देखिन्छ ।

अधिकांश वालेटहरूलाई तीन लाख ग्राहक र छ लाख कारोबार पुर्याउनै समस्या पर्ने गरेको छ । केन्द्रीय बैंकले न्यूनतम तीन लाख ग्राहक र छ लाख कारोबार सीमा तोकेको छ । भुक्तानी सेवा प्रदायक र भुक्तानी प्रणाली सञ्चालक संस्थाहरूले २०७८ असार मसान्तसम्मै गर्नुपर्ने न्यूनतम कारोबार र पु¥याउनुपर्ने ग्राहक संख्या कोभिड १९ संक्रमणलाई दृष्टिगत गरी २०७९ असार मसान्तसम्म पु¥याउनुपर्ने गरी समय थप गरिएको छ ।

थप गरेको छ महिनासम्म पनि ग्राहक बढाउन नसकेको कारण आगामी छ महिनामा अधिकांश वालेटको ग्राहक तीन लाख र कारोबार संख्या छ लाख पुग्ने देखिदैन् । उक्त ग्राहक र मासिक कारोबार नपुगेको सेवाप्रदायकको अनुमतिपत्र खारेज गर्न सकिने व्यवस्था चालू आवको मौद्रिक नीतिमै छ । मौद्रिक नीतिको व्यवस्था अनुसार अधिकांश वालेटको भविष्य संकटमा देखिन्छ ।

राष्ट्र बैंकले मासिक रूपमा सार्वजनिक गर्ने गरेको तथ्यांकमा भने वालेटको कात्तिकको कारोबार १३ अर्ब मात्रै छ । यो कारोबार वालेटबाट भुक्तानी भएको मात्रै हो । वालेटमा रकम लोड भएको, क्यास ब्यास दिएको र वालेटमा भएको रकमबाहेकको भुक्तानीको तथ्यांक राष्ट्र बैंकले मासिक रुपमा सार्वजनिक गर्ने गरेको छ । वालेटले गर्ने वास्तविक कारोबार भने यसका सबै गतिविधि जोडिएर राखिएकोले प्रकाशित तथ्यांक भन्दा बढी हुने गरेको बताइन्छ । 

राष्ट्र बैंकबाट अनुमति पाएर कारोबार गरिरहेका वालेटहरूको विवरणः

 

Advertisement

Advertisement