परीक्षा हलमा बसिरहेका शिक्षकमाथि अनेरास्ववियु नेताद्धारा कुटपिट, शिक्षकको उपचार हुँदै

Advertisement

काठमाडौं । एक विद्यार्थी नेताले प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पसमा परीक्षा हलमा बसिरहेका शिक्षक प्रकाश पुडासैनीलाई कुटपिट गरी फरार भएका छन् । कुट्ने अनेरास्ववियुका नेता कुवेर जेठारा हुन् । 

बीएसडब्लू पहिलो वर्षको आन्तरिकतर्फको ३० अंकको परीक्षा भइरहेको बेला जेठाराले परीक्षा हलमा प्रवेश गरी पुडासैनीलाई कुटेर झ्यालबाट भागेका हुन् । कक्षा कोठामा प्रवेश गरी झगडा गरेका उनले अन्तिममा उनीमाथि पानी राख्ने जगले प्रहार गरेर भागेका थिए । 

Advertisement

आक्रमणबाट घाइते भएका पुडासैनीको टाउकोमा दुई वटा टाँका लगाइएको छ । अहिले उनको उपचार मोडल अस्पतालमा भइरहेको छ । परीक्षा भइरहेको बेला कक्षा कोठामा अनधिकृतरुपमा प्रवेश गर्न खोजेपछि शिक्षकहरुले जेठारालाई रोक्ने प्रयास गरेका थिए । तर उनले दादागिरीको शैली देखाउँदै झगडा गर्ने अन्तिममा भौतिक आक्रमणमा उत्रिएको प्रत्यक्षदर्शीको भनाई छ । 

आशिंक प्राध्यापक पुडासैनीले रत्न राज्य क्याम्पसको स्नातक तहमा ब्याचलर इन सोसल वर्क (बिएसडब्ल्यू) पढाउँछन् । आक्रमणको घट्नापछि प्राध्यापक संगठनहरुले विरोध जनाउँदै आक्रमणकारीलाई कारवाहीको माग गरिरहेका छन् । 

शिक्षकलाई कुटपिट गर्ने कुवेर जेठारा

Advertisement

Advertisement