डिश मिडिया नेटवर्कलाई आईटी/आईएसपीतर्फको एचआरएम अवार्ड

Advertisement

काठमाडौं । नेपालको व्यवसायिक क्षेत्रमा योगदान गर्ने उत्कृष्ट संस्थालाई प्रदान गरिने एचआरएम अवार्डमध्ये यस वर्षको आईटी÷आईएसपी अवार्ड डिश मिडिया नेटवर्कले प्राप्त गरेको छ ।

डिश मिडया नेटवर्कले आफ्नो इन्टरनेट सेवा सुरुवात गरेसँगै  आईटी÷आईएसपी क्याटागोरीमा यो अवार्ड प्राप्त गरेको हो । नेपालको निजी क्षेत्रमा उत्कृष्ट कार्य गर्दै मुलकको समग्र आर्थिक तथा सामाजिक विकासमा उल्लेखनीय योगदान गर्ने संस्था तथा व्यक्तिको सम्मानका लागि हरेक वर्ष अवार्ड प्रदान गरिन्छ । 

Advertisement

अवार्ड छनौटका लागि काठमाडौं विश्वविद्यालय व्यवस्थापन संकायका पूर्वडीन डा. सुवास केसीसहित पुण्यप्रसाद न्यौपाने, पूर्वसचिव प्रोफेसर डा. रिता श्रेष्ठ र आशुतोष तिवारी र बैंकर वर्षा श्रेष्ठ रहेका थिए ।

Advertisement

Advertisement