कपिलबस्तु प्रहरीद्वारा गत बर्षभन्दा ३९ लाख बढी राजश्व सङ्कलन

Advertisement

काठमाडौं । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले पुस महिनामा मात्रै ८७ लाखभन्दा बढी राजश्व सङ्कलन गरेको छ । 

कपिलवस्तु जिल्ला प्रहरी प्रमुख दानबहादुर कार्कीले दिएको जानकारी अनुसार भन्सार छली र ट्राफिक कार्वाहीबाट सो रकम जम्मा भएको हो । 

Advertisement

अघिल्लो वर्ष यो महिनामा राजश्व छलीबाट ३० लाख र ट्राफिक कार्वाहीबाट १७ लाख ९२  हजार रूपियाँ मात्रै सङ्कलन भएको थियो । 

यसैगरी पुस महिनामा ६७ जना फरार प्रतिवादी पक्राउ परेका छन् । विविध प्रकारका अपराधसँग सम्वन्धित ४२ वटा मुद्दा दर्ता भएकोमा २४ वटा फर्स्योट भएको पनि प्रहरी प्रमुख कार्कीले जानकारी दिए ।

Advertisement

Advertisement