द्रुत गतिको भ्वाइस तथा डाटा उपलब्ध गराउन नमस्ते वाइफाइको बिस्तार गर्दैछौंः नेपाल टेलिकम

Advertisement

काठमाडौं । नेपाल टेलिकमले एफटीटीएच उपलब्ध नभएका स्थानमा दु्रत गतिको डाटा तथा भ्वाइस सेवा उपलब्ध गराउन फोजी एलटीई नमस्ते वाईफाई बिस्तार गर्ने भएको छ । कम्पनीले फोरजी एलटीई नमस्ते वाईफाई सेवाका विभिन्न आकर्षक प्याकेजहरू उपलब्ध गराइरहेको जनाएको हो ।

टेलिकमले उपलब्ध गराईरहेका यी प्याकेजहरू सहज बनाउन नेपाल टेलिकम र साइबरनेटिक्स प्रा.लि. बीच सम्झौता सम्पन्न भएको छ । हिजो सम्पन्न उक्त सम्झौतामा कम्पनीका प्रमुख व्यवसायिक अधिकृत संगिता पहाडी र साइबरनेटिक्स प्रा.लिका सीईओ जेम्म न्याछ्योले हस्ताक्षर गरे ।

Advertisement

फोजी एलटीई अहिले व्यक्तीगत र सरकारी गरी दुई प्याकेजमा खरिद गर्न सकिन्छ । व्यक्तीगतमा होम ब्रोडव्याण्डको आठ सय रूपियाँमा साठी जिबी तिस दिनकालागि उपलब्ध छ । त्यस्तै, एक वर्षका लागि नौ सय मा सात सय बिस जिबी प्याक उपलब्ध छ । प्रतिमहिना साठी जिबी को दरले १२ महिननासम्म सो प्याक खरिद गर्न मिल्ने टेलिकमले जनाएको छ । दुवै एड अन प्याकको रूपमा चार सय रूपियाँमा पन्ध्र दिनकालागि साठी जिबी प्याक लिन सकिने टेलिकमले जनाएको हो ।

त्यस्तै, होम ब्रोडब्यान्ड प्रिमियम अन्तर्गत १२ सय रूपियाँमा एक सय बिस जिबी प्याक तीस दिनकोलागि उपलब्ध हुने भएको छ । त्यसरी नै एक वर्षकालागि १३ हजार पाँच सय रूपियाँमा १४ सय ४० जिबी प्याक उपलब्ध हुन्छ । उक्त प्याकलाई प्रतिमहिना एक सय विस जिबिका दरले १२ महिनासम्म प्रयोग गर्न सकिन्छ । यी दुवैमा एड अन प्याकको रूपमा छ सय रूपियाँमा १५ दिनकालागि एकसय विस जिबी प्याक लिन सकिने टेलिकमले जनाएको हो ।

सरकारी प्याकेजमा तीन हजार छ सय पचास र एक्काइस सयमा तीस दिनकालागि विभिन्न प्रकारका प्याकेजहरू उपलब्ध छन् । यी प्याकेजबाट अनलिमिटेड डाटा चलाउन सकिने टेलिकमले जनाएको छ । 

Advertisement

Advertisement