महामारी र लकडाउनका कारण ६० प्रतिशतको जीवनयापन कठिन अवस्थामाः सर्वेक्षण

Advertisement

काठमाडौँ । राष्ट्रसंघीय बाल कोष (युनिसेफ)ले सर्वेक्षणबाट कोरोना महामारी र लकडाउनका कारण ६० प्रतिशत मानिसको जीवनयापन कठिन बनेको देखिएको छ । 

सर्वोक्षणको निष्कर्षमा बालबालिका भएका ६० प्रतिशतमा घरपरिवारले आम्दानी र जीविकोपार्जनका माध्यम गुमाएको पाइएको उल्लेख गरिएको छ । विभिन्न चरण गरेर गरिएको सर्वेक्षणमा छ हजार परिवारका अभिभावकलाई प्रश्न सोधिएको जनाइएको छ । 

Advertisement

सर्वेक्षणले बालबालिका रहेका एक तिहाई परिवार आर्थिक सहयोगको खोजीमा रहेको औंल्याउँदै उनीहरुका लागि आर्थिक सहयोग, रोजगारी, औषधि वा खाद्यान्न सहयोग आवश्यक रहेको औंल्याएको छ । 

महामारी र लकडाउनका कारण आम्दानीको स्रोत गुमाउन बाध्यमध्ये धेरै बचतको प्रयोग गर्न र सरसापटी गर्न बाध्य भएको, करिब प्रत्येक तीनमा एक परिवार आर्थिक सहायताको खोजीमा रहेको, धेरै परिवार ऋणमा डुब्नुका साथै सम्पत्ति बेचबिखन गर्न बाध्य भएको सर्वेक्षणमा औंल्याइएको छ । 

कोरोना भाइरसको संक्रमण बढेसँगै यसलाई नियन्त्रणको नाममा सरकारले विकल्प नखोजी लकडाउन गरिदिँदा न्यूनआयस्तरका मानिसहरु ठूलो पीडामा पर्दै आएका छन् । सरकार र राजनीतिक दलहरुप्रति जनताको आक्रोस बढ्दै गएको बेला जनआक्रोस सडकमा आउन नदिन पनि लकडाउनलाई अस्त्रको रुपमा प्रयोग गर्ने गरिएबाट धेरै मानिस झन गरिव बन्न बाध्य भएका छन् । पछिल्लो समयमा कोरोनाको तेस्रो लहर चलेको भन्दै सरकार फेरि लकडाउन गर्ने तयारीमा देखिन्छ । 

सर्वेक्षणबाट सन् २०२१, नोभेम्बरसम्म आइपुग्दा गरिबीतिर धकेलिने जोखिम भएका परिवारको संख्या ३० प्रतिशत रहेको, २० प्रतिशत परिवारले दैनिक गुजाराका लागि संघर्ष गर्नु परेको, उनीहरूमा पैसाको अभाव र खानेकुराको आपूर्तिमा समस्या देखिएको, १० प्रतिशत परिवारले पहिलेभन्दा केटाकेटीलाई कम खान दिएको, यस अवधिमा केटाकेटीहरू पढाइमा कमजोर बनेको जनाइएको छ । 

Advertisement

Advertisement