Advertisement

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले शेयर बजारलाई जुवा घर वा सट्टाबाजीको रुपमा व्याख्या सत्तारुढ दलकै नेताबाट जथाभावी अभिव्यक्ति दिने कुराको विरोध गरेका छन् । 

कर्पोरेट नेपालसँगको कुराकानीमा उनले लगानी र आर्थिक विकासका क्षेत्रमा अस्थिरता कायम गर्ने काम दल र नेताहरुबाट भइरहेको बताउँदै त्यो कुरा पनि बन्द गर्नुपर्ने बताएका छन् । 

Advertisement

लिङदेनले शेयर बजारलाई ध्वस्त हुनेगरी बोल्दिने, त्यो पनि सत्तारुढ दलको नेताले बोल्ने कुरा राम्रो होइन् भन्दै यस्तो अभिव्यक्तिले शेयर बजारमा लगानी गर्ने धेरैको लगानी धरापमा पर्ने बताए । 

उनले भने, ‘सत्तामा बस्ने मानिसहरुको कच्चा बोली व्यवहारले आज देशमा लगानीमैत्री वातावरण छैन् । लगानीका लागि मानिसहरु हच्किरहेका छन् । जसले लगानी गरेका छन्, उनीहरु संकटमा छन् ।’

उनले कुनै पनि नेतालाई जति बेला जे मनलाग्यो भन्ने र आर्थिक नीतिमा परिवर्तन गर्ने छुट हुनु हुनुहुँदैन भन्दै लगानीकर्तालाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न अभिप्रेरित गर्ने काम सरकारले गर्नुपर्ने बताए । 

लिङदेनले जबसम्म देशमा स्वदेशी पुँजी र पुँजीपतिलाई प्रोत्साहित र संरक्षण गर्दैनौं, तबसम्म हामी अघि बढ्दैनौं भन्दै लगानीकर्तालाई मेरो लगानी सुरक्षित छ भन्ने कुराको प्रत्याभूति राज्यले दिन सक्नुपर्ने बताए । 

कुनै कारणले तलमाथि भयो भने राज्यले क्षतिपूर्ति दिन्छ भन्ने कुराको पनि सुनिश्चितता हुनुपर्ने उनको तर्क छ । लिङदेनले यदि कसैले पाँच हजार मानिसलाई रोजगारी दिन्छ भने उसको लगानीको सुरक्षा र निश्चित समयसम्म करमा छुट सहुलियत दिने काम राज्यले गर्नुपर्ने बताउँदै यस्तो उद्योग व्यवसायमा कुनै पनि राजनीतिक दलले युनियनवाजी गर्न नपाउने व्यवस्था गर्नुपर्ने बताए । 

उनले थपे, ‘त्यहाँ काम गर्ने कामदारहरुलाई श्रम कानुनअनुसारको सेवा छ छैन हेर्ने कुरा सरकारको काम हो । कुनै राजनीतिक दल वा युनियनले हेर्ने होइन् ।’ लिङदेनले अमेरिकी संस्था एमसीसीसँगको सम्झौता अनुमोदन गर्ने कुरामा पहिला जनतालाई बुझाएर, उनीहरुलाई आश्वस्त गराएर मात्रै अनुमोदन गर्नुपर्ने बताए । 

उनले एमसीसीलाई जसले जसरी पनि व्याख्या गर्न मिल्नेगरी अमुर्त बनाएर राख्न नहुने भन्दै अहिलेकै स्थितिमा एमसीसी पास गरेर मुलुकमा द्धन्द्ध ल्याउने काम गर्न नहुने बताए । थप रोचक कुराकानी भिडियोमा हेर्नुहोस्

Advertisement

Advertisement