विदेशमा बसेर महिलालाई ‘ब्ल्याकमेल’ गर्ने युवा आउँदा आउँदै विमानस्थलमा पक्राउ

Advertisement

काठमाडौं । विदेशमा बसेर नेपालमा महिलालाई ‘ब्ल्याकमेल’ गर्ने एक जना युवालाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको साइबर ब्यूरोले शुक्रबार पक्राउ गरेको हो । पक्राउ पर्ने कास्की रुपा गाउँपालिका ७ सिस्नेरी बस्ने बर्ष ३१ का मुक्तिनाथ खनाल हुन् । 

वैदेशिक रोजगारीका लागि विदेश गएका उनले सामाजिक सञ्जाल फेसबुकमार्फत फ्रेन्ड रिक्वेष्ट पठाई रिक्वेष्ट स्वीकार गरेपछि म्यासेन्जरमा कुराकानी गर्ने क्रममा ललाईफकाई, धाकधम्की, डर, त्रास र प्रलोधनमा पारी दुःख हैरानी दिई निज पीडित महिलाको नग्न तस्वीर र भिडियो प्राप्त गरी उनको श्रीमानलगायत आफन्तजनमा सार्वजनिक गरिदिने भनी ब्ल्याकमेल गर्ने गरेको प्रहरीको भनाई छ । 

Advertisement

वैदेशिक रोजगारीकै क्रममा विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुरमा खनालविरुद्ध मुद्दा दर्ता भई उनी फरार सुचीमा रहेका थिए । खनाललाई वैदेशिक रोजगारीबाट फर्किने क्रममा त्रिभुवन विमानस्थलमा पक्राउ गरी कारवाही अघि बढाइएको हो । 

Advertisement

Advertisement