आज (माघ १६)को राशिफलः कस्तो रहला तपाईंको शेयर कारोबार, पेशा व्यवसाय ?

Advertisement

आज वि.सं. २०७८ साल माघ महिनाको १६ गते आइतबार, माघ कृष्णपक्षको त्रयोदशी तिथि । आज शहीद दिवस रहेको छ ।

मेष 
धेरै बोल्नाले कामहरु बिग्रने छन् । पेशागत जीवनमा अवरोधहरुको सामना गर्नु पर्ने छ । आरोप प्रत्यारोपको अवस्था आउने र त्यसको सामना गर्नुपर्ने छ । मनमा दुविधाको मात्रा धेरै आउने हुँदा निर्णय क्षमतामा कमि आउने छ । व्यक्तित्व भने दृढ प्रकृतिको हुँदाहुँदै पनि बौद्धिकताको अभावले गर्दा तालमेल मिलेको हुने छैन् । शेयर बजारबाट लाभ मिल्ने छैन् । 

Advertisement

वृष
नयाँ क्षेत्रमा सँलग्न हुन उत्साह र उमङ्ग आउने छ । पेशागत जीवनमा उन्नति प्रगति तथा सकारात्मक अवस्थामा हुने छ । निर्वाह गरेको कार्यको उचित मुल्यांकन हुने छ । व्यावसायमा संलग्नहरुका लागि  नाफामा बृद्धि हुने र कमाईमा बढोत्तरी हुने छ । विदेश यात्रामा सफलता मिल्ने छ । बोलीको प्रभावमा कमि आउने छ । शेयर बजार औसत रहने छ । 

मिथुन 
पेशागत जीवनमा सकारात्मक प्रगतिहरु हासिल हुने छन् । नरम र लचिलो प्रकृतिको व्यक्तित्व हुँदा सबैसँग मिलनसार बानी हुनेछ । आफ्नो कामप्रति मनमा दृढता आउने छ । परिवारमा हुने शान्तिपूर्ण वातावरणले गर्दा व्यक्तित्वमा दृढता आउने छ भने मनमा पनि सन्तोष उत्पन्न हुने छ । भाग्यको साथ रहेकाले आँटेका कामहरु पुरा हुने छन् । शेयर बजारबाट लाभ मिल्ने छ । 

कर्कट
मनमा दुविधाको क्रमहरु निरन्तर आइरहँदा पेशागत क्षेत्रमा असर पार्ने छ । पेशागत क्षेत्रमा चुनौतिहरु  उत्पन्न हुने छ, अवरोधहरु देखा पर्ने छन् । साझेदारीमा गरिएका कामहरुमा समस्याहरु देखा पर्ने भएकाले सतर्कतापूर्वक पाइला चाल्नु होला । आफ्नो सपना र लक्ष्य पुरा गर्नका लागि समर्पित हुने व्यक्तित्व हुने हुँदा अरुले पनि कदर गर्ने छन् । शेयर क्षेत्रबाट अपेक्षाकृत लाभ मिल्ने छैन् । 

सिंह
पेशागत जीवनमा उत्तनि तथा प्रगतिका परिणामहरु आउने छन् । जसले मनमा सन्तोष उत्पन्न गराई दिने छ । आम्दानीमा पनि बृद्धि हुने छ । प्रेममा सफलता मिल्ने छ । रिस भने कडा खालको हुने भएकाले यसको नियन्त्रणमा संयमित रहनु नै उपयुक्त हुने छ । बोली नरम हुने हुँदा अरुलाई नबिझाउने खालको स्वाभाव हुने छ । शेयर क्षेत्रबाट हल्का लाभ मिल्ने छ । 

कन्या
पेशागत जीवनमा प्राप्त हुने प्रतिफलबाट व्यक्तित्वको ख्याति बढ्ने छ । तर आम्दानी भने सोचे जस्तो नहुँदा प्राप्त ख्याति धान्न मुस्किल पर्न जाने छ । परिवारमा सुमधुर सम्बन्ध देखा पर्ने र शान्तिपूर्ण वातावरण कायम रहने छ । व्यक्तित्व दृढ खालको हुने भएकाले अरुले हेप्न सक्ने छैनन् । घर घडेरी तथा जग्गा जमिन क्षेत्रबाट फाइदा प्राप्त हुने छ । शेयर क्षेत्रबाट लाभ हुन सक्ने छैन् । 

तुला
पेशागत जीवन औसत खालको रहने छ । झुटा आरोपहरु लाग्ने चुनौति रहेको छ । आम्दानीको अंश अनुत्पादक क्षेत्रमा डुब्ने चुनौति देखिएकाले निकै सोच विचार गरेर मात्र आम्दानीको प्रयोग गर्नु होला । दृढ खालको व्यक्तित्व हुने हुँदा अरुले हेप्न सक्ने छैनन् । कतिपय सन्दर्भमा कडाखालको सोच देखिने भएकाले यस्ता विषयमा ध्यान दिनु होला । शेयर क्षेत्रबाट लाभ मिल्ने छ । 

वृश्चिक
बोलीको प्रभावकारितामा ह्रास आउने भएकाले संयम रहनु होला । मनमा चञ्चलताका क्रम धेरै आउने हुँदा अस्थिरताको आभाष हुने छ । भविष्य प्रतिको चिन्ताले असाध्यै सताउने छ । जीवनसाथिको सल्लाह बमोजिम कदम चालेमा पेशागत जीवनलाई स्थिर बनाउन ठुलो मद्धत मिल्ने छ । अध्ययन अध्यापनमा सुस्ताता आउने छ । शेयर क्षेत्र औसत खालको हुने छ । 

धनु 
पेशागत जीवनमा प्राप्त हुने प्रतिफलले भाग्य बलियो हुने छ । पेशागत जीवनमा पदोन्नति तथा कदर प्राप्त हुने छ । कार्य मुल्यांकनमा सन्तोषजनक समय रहेकाले गरेका कामहरुको श्रेय आउने छ । नकारात्मक सपनाले भने  सताउने छ । भाग्यको बलियो साथ रहेकाले बोली प्रभावकारी बन्ने छ । शेयर बजारबाट भने लाभ मिल्न सक्ने छैन् । 

मकर 
पेशागत जीवनमा चुनौतिपूर्ण समय रहेकाले निकै धैर्यतासाथ व्यवहार गर्नु नै ठिक हुने छ । दाम्पत्य जीवनमा बादबिबादको अवस्था रहने छन् । व्यक्तित्वमा शिथिलता देखा पर्ने छ । भाग्यहिनताले गर्दा उन्नति तथा प्रगतिका क्रमहरुमा ब्यवधानहरु आउने छ । यसले मनमा निराशा छाउने छ । आम्दानीमा भने बृद्धि हुने छ । शेयर क्षेत्रबाट फाइदा मिल्ने छ । 

कुम्भ 
पेशागत जीवनमा लाभ प्राप्त हुने छ । कमाईमा पनि बृद्धि हुने छ । धर्म–अध्यात्ममा मन तिब्र बन्ने छ । मनमा भने सन्तोषको भाव आउने छैन, निराशाका क्रम मनमा देखिने छ । व्यावसायिक क्षेत्रमा आवद्धहरुको हकमा धेरै जोखिम लिने भन्दा निरन्तरताको योजना नै उचित हुने छ । मित्रहरुको बीचमा विश्वासको वातावरण आउने छ । शेयर क्षेत्र मध्यम खालको हुने छ । 

मीन
पेशागत जीवनमा द्वन्दात्मक वातावरण आउने छ । प्रतिष्पर्धात्मक स्वाभाव हुने भएकाले अरुले हेप्न सक्ने छैनन् । संघर्षहरु गर्दै अघि बढ्नु पर्ने छ । निर्णय क्षमतामा कमि आउँदा लिनै पर्ने निर्णयमा पनि दोधारेपनाले निकै सताउने छ । साझेदारमा गरिएका कामहरुबाट राम्रो नतिजा आउने छ । बोलीको प्रभावकारीतामा गिरावट आउने छ । कुटुम्बहरुका बीचमा द्वन्दको अवस्था देखा पर्ने छ । शेयर क्षेत्रबाट आंशिक लाभ मिल्ने छ । 

(गुरु पन्त ज्योतिषी, वास्तुविद्, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement

Advertisement