भारतबाट अबैधरुपमा मदिरा ल्याउँदै बिक्री गर्नेहरु पक्राउ, ठूलो परिमाणमा मदिरा पनि जफत

Advertisement

काठमाडौं । प्रहरीले भारतबाट अबैधरुपमा मदिरा ल्याएर बिक्री गर्नेहरुलाई पक्राउ गरेको छ । प्रहरीले दुई दिनअघि ठूलो परिमाणमा मदिरासहित चार जनालाई पक्राउ परेको जानकारी दिएको हो ।  

पक्राउ पर्नेमा काठमाडौं बुढानिलकण्ठ बस्ने पर्साका ३९ बर्षीय चन्द्र बख्रेल, कागेश्वरी मनहरा–६ का ३० वर्षीय शैलेश पन्त, काठमाडौंको हाँडीगाउँ बस्ने पर्साकै २८ वर्षीय रविन पाख्रिन र चाबहिल बस्ने सर्लाही बरहथवा–९ का ३८ वर्षीय नारायण घिमिरे छन् ।

Advertisement

उनीहरुले चिभास, रेडलेबल, एब्सुलेट जस्ता विभिन्न ब्राण्डका रक्सी अवैधरुपमा चोरी पैठारी गर्दै नेपालमा बिक्री गर्ने गरेको सुचनाका आधारमा छापा मारी बानेश्वर, कपन, रामकोटलगायतका स्थानबाट २९६ कार्टुन मदिरा बरामद बरामद गर्न सफल भएको महानगरीय प्रहरीका प्रवक्ता सन्तोष राठौरले बताए । 

बरामद भएको मदिराको बजार मूल्य झण्डै एक करोड ५० लाख रुपियाँ पर्ने भन्दै प्रहरीले बरामद भएका मदिराको गुणस्तर परीक्षणका लागि राजश्व अनुसन्धान विभागमा पठाइएको जनाएको छ ।

Advertisement

Advertisement