काठमाडौं । औषधि उद्योग लोमस फर्मास्युटिकल्सले नक्सालस्थित बालमन्दिर (नेपाल बाल संगठन केन्द्रीय कार्यसमितिलाई स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरेको छ ।
शुक्रबार आयोजित कार्यक्रममा लोमसका सञ्चालक प्रणवजंग पाण्डेले बालमन्दिरका महानिर्देशक अजय साहलाई यी सामग्री हस्तान्तरण गरेका हुन् । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बालमन्दिरलाई सहयोग गरिएको जनाएको छ ।
लोमसले बालमन्दिरका बालबालिकाका लागि सिटामोल, कफ सिरफ, मल्टिभिटामिन, डिकोल्ड (झोल), जीवनजल, स्यानिटाइजरलगायतका स्वास्थ्य सामग्री सहयोग गरेको हो ।