बीमा कम्पनीको आकार नै सानो भयो, अब म मर्जरमा जोड दिन्छुः अध्यक्ष सिलवाल

Advertisement

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्य सिलवालको एक वर्ष पूरा भएको छ । गत वर्ष चार वर्षे कार्यकालका लागि नियुक्त भएका सिलवाललाई आफ्नो एक बर्षे अनुभव सोध्दा उनले यस्तो प्रतिक्रिया दिएः 

स्थानीय तहसम्म बीमा समिति जान बाँकी छ । स्थानीय तहसम्म पुग्ने भनेको एक नम्बरकै काम हो । जबसम्म बीमा सबै स्थानीय निकायसम्म पुग्दैन, तबसम्म नागरिकले खोजेको लक्ष्य हाँसिल हुन सक्दैन । 

Advertisement

प्रादेशिक रूपमा पनि बीमा कम्पनीहरुको कार्यालय खुल्नुपर्छ भन्ने हाम्रो योजना छ । यस वर्ष पूरा नभएका योजनालाई हामीले अर्को वर्ष पनि निरन्तरता दिनुपर्छ । तत्कालका लागि हामीले प्रादेशिक कार्यालय खोल्न जरूरी छ । नागरिकको उपस्थिति बढाउन धेरै बाँकी छ ।

हामीले शाखा, उपशखामा आएका गुनासा र दाबी भुक्तानी सहज बनाउन काम गर्नुपर्छ । अहिले पनि बीमा कम्पनीहरु हामीले खोजेको सुशासनमा छैनन् । नियामकको आँखा छलेर कानुनी छिद्रको दुरुपयोग गरेको हामीले सुन्ने गरेका छौं । बीमा गराउने कम्पनीले नै त्यस्तो गर्नु भनेको राम्रो कुरा होइन । 

बीमा कम्पनीहरुले कानुन कार्यान्वयनमा इमान्दार हुनुपर्छ । सुशासन बाहिर जान खाज्नेका लागि पनि हामीले कारबाही गर्दै आएका छौं । उनीहरुले पनि अहिलेको समयमा समितिले चालेका कदम सही रहेको र त्यसलाई मान्नुको विकल्प नरहेको महशुस गरिसकेका छन् ।

बीमा समितिले पनि दोष लगाउने मात्रै भन्दा पनि आफ्नो सुपरिवेक्षण बलियो बनाउनुपर्ने कुराहरु पनि छन् । मैले हेर्दा पनि अहिले दाबी भुक्तानीमा आउने उजूरी केही कम भएका छन् । यो त बीमा क्षेत्रकै लागि राम्रो कुरा हो । यता जीवन बीमाका सावधिक बीमामा हामीले सिधै बीमितको खातामा रकम भुक्तानी हुने प्रणाली अघि बढाएका छौं । मोवाइलमै बीमितले पैसा पाउनु अहिलेको आवश्यकता पनि हो । अवधि पुगेका बीमितको पैसा कम्पनीले रोक्न हुन्न । बरु दिन तयारी गरेर बस्नुपर्छ ।

हामीले कृषि, पशु तथा लघु बीमामा पनि स्थानीय सरकारलाई सचेत बनाईरहेका छौं । कम्पनीको आकार नै निकै सानो भयो । समितिले मर्जरमा सहजीकरण गर्दिन्छ । अब बीमा कम्पनीहरुलाई मर्जरमा लाने हाम्रो योजना छ । आगामी दिनमा बीमा कम्पनीहरू मर्जरमा जान्छन् । अब म बीमा कम्पनीहरुलाई मर्जरमा लान जोड दिन्छु । 

Advertisement

Advertisement