सरकारसँग स्वास्थ्य उपकरण तथा रसायन परीक्षण गर्ने मेकानिजम नै छैन्ः घिमिरे

Advertisement

काठमाडौं । केमिकल एन्ड मेडिकल आपूर्तिकर्ता संघका अध्यक्षमा सुरेश घिमिरेले सरकारसँग स्वास्थ्य उपकरण तथा रसायन परीक्षण गर्ने मेकानिजम नै नभएको बताएका छन् । 

यो संघ स्वास्थ्य परीक्षण उपकरण र रसायन आयातकर्ताहरुको छाता संगठन हो । घिमिरेले मेडिकल औषधिहरु आयात नीतिगतरुपमा व्यवस्थित भए पनि स्वास्थ्य उपकरणहरुको आयातमा भने मनलाग्दी हुने गरेको बताउए । 

Advertisement

अध्यक्ष घिमिरेले सरकारसँग गुणस्तरीय स्वास्थ्य सामग्री आयात भए नभएरको परीक्षण गर्ने नीतिगत व्यवस्थासम्म पनि नभएको बताए । घिमिरेले राज्यसँग स्वास्थ्य उपकरण गुणस्तर परीक्षण गर्ने मेकानिजम नै नभएकाले कोरोना महामारीको समयमा स्वास्थ्य सामग्री जथाभावी रुपमा आयात भएको तथ्य स्मरण गराए । 

कपडा, फलफूल आयात गर्ने व्यवसायीले समेत नेपालमा स्वास्थ्य उपकरणका सामग्री आयात गर्ने गरेको उनको गुनासो छ । घिमिरेले सरकारले स्वास्थ्य उपकरण सामानको बजारमा गुणस्तरियता भन्दा पनि व्यापारीहरुले कति नाफा खाए भनेर मात्रै अनुगमन गर्ने गरेको आरोप लगाए । 

सरकारले तत्काल स्वास्थ्य सामग्रीको गुणस्तर परीक्षणका लागि ल्यावको व्यवस्था गर्नुपर्ने घिमिरेले बताए । उनले भने, ‘औषधि व्यवसायी संघले धेरै कुरा नियमन गरिहेको छ । डिजेमा दर्ता नभएसम्म औषधि आयात गर्न पाउँदैन । तर ,स्वास्थ्य उपकरण भने जुत्ता, कपडा, फलफूल आयात गर्ने पनि आयात गरिरहेको छ । किनकी यो सामग्रीमा मार्जिन देख्छ तर गुणस्तरमा हुर्ने काम भएको छैन् । स्वास्थ्य उपकरणको मूल्य हेरेर किन्ने गरिन्छ । मूल्य कम भएर मात्रै भएन स्वास्थ्य उपकरण कमसल भएर गलत रिर्पोट दिन्छ । त्यसलै यसलाई ल्याव परीक्षण गुर्नपर्छ । स्वास्थ्य उपकरण एकदमै संवेदनशील सामाग्री हो ।’ 

घिमिरेले यस्ता सामानको आयातमा राज्य बेखबर रहेको भन्दै कोरोना महामारीपछि केही सतर्क भएको बताए । संघमा आवद्ध भएका सदस्यहरुलाई गुणस्तरीय सामग्री मात्रै आयात गर्न सुझाव दिइएको उनले बताए । 

एक–दुई जनाले कमाउने आशमा गलत काम गरेको भन्दै उनले सरकारले अनुगमन गर्ने कुरा दशैंमा खाद्य सामग्री अनुगमन गरे जस्तै र कोभिड पुनः आयो भन्नेपछि मात्रै अनुगमनको लागि दौडने गरेको बताए । 

घिमिरेले भने, ‘सामग्रीको मूल्य मात्रै हेर्ने गरिन्छ । तर गुणस्तरको अनुगमन हुँदैन् । सरकारले व्यापारीले धेरै नाफा खायोकी खाएन भनेर मात्रै अनुगमन गरेको छ । अहिलेसम्म सरकारसँग स्वास्थ्य सामग्रीको गुणस्तर जाँच गर्ने मेकानिजम नै छैन् ।’

सरकारसँग स्वास्थ्य उपकरणहरुको गुणस्तर मापन गर्ने मेकानिजम हुनुपर्छ भन्दै उनले स्याम्पल लिएर परीक्षण गर्ने ल्यावहरु चाहिने भए पनि त्यो अहिलेसम्म हुननसकेको बताए । आयात गर्ने कम्पनीलाई केही मापदण्ड बनाएर लाइसेन्स दिएको बताउँदै घिमिरेले त्यही मापदण्डको लाइसेन्सको आधारमा आयात गरिने बताए । 

त्यस्तै अध्यक्ष घिमिरेले कोरोना महामारीको शुरुवातको जस्तै पछिल्लो समय स्वास्थ्य उपकरणको अभाव नभएको दावी गरे । उनले अहिले बजारमा कुनै पनि मेडिकल उपकरणहरुको अभाव नरहेको बताए । 

अहिले बजारमा औषधिको धेरै माग भएकाले पारासिटामोल लुकाएर कृतिम अभाव भएको स्वीकार भन्दै घिमिरेले आपूर्ति संघले गुणस्तरहीन सामान आयात रोक्नको लागि बारम्बार सरकारसँग छलफल गर्दैै आएको बताउ । तर सरकारले स्वास्थ्य उपकरण आयात गर्दा गुणस्तरीय मापन गर्ने कार्यविधि २०७०–७१ सालमा बने पनि अहिलेसम्म कार्यान्वयनमा नल्याएको उनको गुनासो छ ।

पछिल्लो समय स्वास्थ्य उपकरणका विभिन्न स्वास्थ्य सामग्रीहरु बजारमा नक्कली पाउन थालेकाले यस्ता सामग्री आयात नगर्न व्यवसायीहरुलाई संघले सचेत गराउँदै आएको उनले बताए । 

Advertisement

Advertisement