Advertisement

काठमाडौं । सुरेशमान श्रेष्ठ नेपाल रत्न तथा आभुषण महासंघका नवनियुक्त अध्यक्ष हुन् । लामो समयदेखि सुनचाँदी व्यवसायमा आवद्ध उनी सरकारको नीतिदेखि खुशी छैनन् । 

नेपालमा सुनचाँदी व्यवसायको व्यवसायिक विकासका लागि सरकारी नीति व्यवसायमैत्री हुनुपर्ने श्रेष्ठको भनाई छ । उनले सुनचाँदी व्यवसायसम्वन्धी सरकारी नीति र नेपाल राष्ट्र बैकले तोकेको सुन खरीदको सीमामा संशोधन जरुरी रहेको भन्दै नेपाली गरहगना प्रवद्र्धन गरी निर्यात गर्ने भन्दा पनि नियन्त्रण गर्ने नीतिबाट आफूहरुले लामो समयदेखि समस्या भोग्नुपरेको बताए ।

Advertisement

कर्पोरेट नेपालसँगको कुराकानीमा श्रेष्ठले अन्य व्यवसायमा जस्तै सुनचाँदीमा पनि अफ सिजन हुने भन्दै तर सिजन सुरु भएको बेलामा सुनको माग पनि राम्रै हुने भएकाले सुन व्यवसायमा आकर्षण बढ्दो रहेको बताए । 

पछिल्लो समय जान्नेसुन्ने व्यक्तिहरु पनि रत्न तथा आभुषणको व्यापारमा लागेकाले यो क्षेत्र अझ फराकिलो बन्दै गएको उनको अनुभव छ । श्रेष्ठले अहिले सुनचाँदी व्यवसायीहरुको दुई वटा महासंघ रहेको र विगतमा एउटा मात्रै महासंघ हुँदा कामकारबाहीमा केही सुस्तता छाएकोले व्यवसायीले नेपाल रत्न तथा आभुषण महासंघ परिकल्पना गरेको बताए । 

लालजर्तीको हिसाव किताव र विश्वस्नीयताका कारण कहिले काहीं सुनचाँदीको मूल्यमा हेरफेर हुने कुरा श्रेष्ठले स्वीकार गरे । नेपालमा कालिगढको संख्या भूकम्प र कोरोना महामारीका कारण घटेको भन्दै उनले कालिगढलाई उसको कला र क्षमताको आधारमा मापन गर्नुपर्ने समय आइसकेको बताए । 

मुलुकमा आउने ठूला संकट सहयोग गर्न आफूहरुले समेत सहभागिता जनाउने गरेको श्रेष्ठले बताए । बाढी, भुईंचालो, आगलागीमा नागरिकलाई सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गर्ने गरेको उनले उदाहरण दिए । 

अध्यष श्रेष्ठले सुनचाँदी व्यवसायमा कसैले इच्छा गरेर तस्करी गर्ने र कोही नजानिँदो पारामा फस्ने समस्या विद्यमान रहेकाले त्यसको समाधानमा सरकारले सहयोग गर्नुपर्ने बताए । सुनचाँदी व्यवसायले हजारौंलाई रोजगारी दिएको श्रेष्ठले बताए । साथै, उनले सुनचाँदीको कारोबारमा चेकजाँच गरेर मात्रै लिन सल्लाह पनि दिए । थप कुराकानी माथि भिडियोमा पनि हेर्न सकिन्छः 

Advertisement

Advertisement