नेपाल ल्याव हाउसः काठमाडौंका अरु स्वास्थ्य परीक्षण केन्द्रहरुभन्दा भिन्न

Advertisement

काठमाडौं । नेपाल ल्याव हाउस (एनएलएच) विभिन्न सुविधा सम्पन्न ल्याब हाउसअन्तर्गत एकमा पर्छ । अत्याधुनिक प्रविधिका साथ विभिन्न रोगहरुको परीक्षण गर्ने भएकाले उक्त नेपाल ल्याव हाउस भरोसा बढेकोर धेरैको  रोजाईमा पर्न सफल भएको छ । 

यस स्वास्थ्य संस्था काउन्सिलिङ कक्ष, बिरामी जाँच्न ठूला बेड, एक्स रे कक्ष, रक्त परीक्षण तथा स्वाब संकलनमा नेपाल ल्याब हाउस अब्बल रहँदै आएको छ । छिटो छरितो र गुणस्तरीय सेवा दिने भएकाले आफूहरुप्रति मानिसहरुको विश्वास बढेको यसका सञ्चालकहरुको भनाई छ । 

Advertisement

काठमाडौंमा भरपर्दो उपचार तथा परीक्षण नपाएकाले धेरै मानिसहरु पीडित हुँदै आएको छन् । सबै स्वास्थ्य संस्थाहरु उस्तै त हुन भन्ने प्रभाव मानिसहरुमा परिरहेको बेला त्यो अविश्वासलाई हटाउन आफूहरु धेरै हदसम्म सफल भएको नेपाल ल्याव हाउसका प्रवन्ध निर्देशक डा. विदुर वस्ती बताउँछन् । 

समयमै आफ्नो स्वास्थ्य जाँचको रिर्पोट पाउन भरपर्दो ठाउँ रोज्ने क्रममा ल्याब हाउसमा मानिसहरु आउने क्रम बढ्दो रहेको भन्दै उनले मानिसहरुको त्यो विश्वास बढाउन आफूहरुले सबै प्रयासहरु गरिरहेको बताए । 

वस्तीका अनुसार नेपाल ल्याव हाउस राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट ए वर्गीकरण पाएर सञ्चालित छ । यस संस्थामा सिनियर प्याथोलोजिष्ट, माइक्रो बायोलोजिस्ट, वायो केमिस्ट, टेक्नोलोजिस्ट, टेक्निकल गरी करिब ६० जना कार्यरत छन् ।  उच्च गुणस्तरका प्रविधिहरु प्रयोग गरेर हेम्याटोलोजी, माइक्रो बायोजोली, वायोकेमेस्ट, हिस्टोप्याथोलोजी, साइकोप्याथोलोजी तथा कोभिड १९ लगायतका परीक्षण गरिँदै आएको छ । निकट भविष्यमा घर घरमा स्वास्थ्य सेवा पुर्याउने योजना पनि ल्याव हाउसले बनाएको छ । 

Advertisement

Advertisement