एक हजार १२८ सङ्क्रमित थपिए, १४ को मृत्यु

Advertisement

काठमाडौँ । पछिल्लो २४ घन्टामा नेपालमा एक हजार १२८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । कुल २० हजार ९८९ नमूनाको परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

सक्रिय सङ्क्रमितको सङ्ख्या २७ हजार ४४१ पुगेको छ । सक्रिय सङ्क्रमितमध्ये २६ हजार ४५० होम आइसोलेसन, ९९१ संस्थागत आइसोलेसन, २०६ आइसियू र ३६ जना भेन्टिलेटरमा रहेका छन् । 

Advertisement

आज दुई हजार २१५ जना सङ्क्रमणमुक्त भएका छन् । कोरोना सङ्क्रमणबाट आज १४ जनाले ज्यान गुमाएका छन् । नेपालमा हालसम्म कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ८७८ पुगेको छ । 

Advertisement

Advertisement