युरोप जान लागेका पुन भन्छन्– घुम्न जान लाग्या होइन्, दालभात खान पाए र भुईंमा सुत्न भए पुग्छ

Advertisement

काठमाडौं । राष्ट्रिय आविस्कार केन्द्रका अध्यक्ष डा. महावीर पुन युरोप घुम्न जाने तयारी गरेका छन् । उनले आफू अप्रिल १ मा बेलायतसहित युरोपका विभिन्न मुलुक जान लागेको बताएका छन् । 

पुन इटाली, बेल्जियम, स्पेन, जर्मनी, अस्ट्रिया र फान्स जाने छन् । डेढ महिनाभन्दा लामो समय युरोपमा बिताउन लागेको उनले सामाजिक सञ्जालमा आफू घुम्न जान नलागेको बताउँदै त्यहाँ रहँदा दालभात खान पाए र भुईंमा सुत्न पाए पुग्ने बताएका छन् । 

Advertisement

वैज्ञानिक तथा सामाजिक अभियन्ताका रुपमा परिचित उनले केही वर्ष अगाडी राष्ट्रिय आविस्कार केन्द्र खोलेका थिए । त्यसमार्फत पुनले अनुसन्धान, नवप्रबर्तन र आविष्कारका काम गर्दै आएका छन् । उनले कोरोना महामारीमा फ्रन्टलाइनमा खटिनेका लागि पीपीई निर्माण गरेर निःशुल्क वितरण गरेका थिए । 

गत साल उनी अमेरिका भ्रमणमा गएका थिए । अहिले भने बेलायत र युरोपमा बस्ने नेपालीको निम्तोमा त्यसतर्फ जान लागेको जानकारी दिएका छन् । भ्रमणका क्रममा आफूले गरेका कामहरुबारे जानकारी दिने पुनले बताएका छन् । उनले आथिक सहयोग संकलन गर्ने उद्देश्यले जान नलागेको बताए पनि सहयोग संकलन हुने अनुमान गर्न सकिन्छ । पुनले अहिलेसम्म जनताकै सहयोगमा केन्द्र सञ्चालन गर्दै आएका छन् । 

उनले भनेका छन्, ‘तपाईंहरुले बुद्धि र समयको दान पनि गर्न सक्नुहुनेछ र यस्तो दान पैसाभन्दा महत्वपूर्ण दान हुनेछ ।’ साथै पुनले केन्द्रको पैसा खर्च गरेर घुम्न जान नलागेको र केन्द्रबाट कुनै भत्ता पनि नलिने बताएका छन् । 

Advertisement

Advertisement