पल शाह अभिनित चलचित्रका निर्देशक सोधपुछका लागि प्रहरी नियन्त्रणमा

Advertisement

काठमाडौं । पल शाह अभिनित चलचित्र ‘म यस्तो गीत गाउँछु २’का निर्देशक तथा निर्माता सुदर्शन थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्राइम टेलिभिजनमा धमलाको हमला कार्यक्रममा अन्तर्वार्ता दिएर फर्किन लाग्दा प्रहरीले सोधपुछका लागि भन्दै उनलाई लगेको पत्रकार ऋषि धमलाले जानकारी दिएका छन् ।

Advertisement

बानेश्वर प्रहरी वृत्तले थापालाई सोधपुछका लागि लगेको हो । शाहविरुद्ध गायिका समीक्षा अधिकारीले बलात्कारको आरोप लगाउँदै प्रहरीमा उजुरी दर्ता गरेपछि उनलाई प्रहरीले खोजी गरेको छ । शाहलाई फेला पार्न नसकेपछि प्रहरीले थापालाई नियन्त्रणमा लिएको हो । प्रहरीले उक्त चलचित्रकी नायिका पुजा शर्मालाई पनि नियन्त्रणमा लिने तयारी रहेको जनाइएको छ । 

Advertisement

Advertisement