एमसीसी मुख्यालयले भन्यो– व्याख्यात्मक घोषणासहितको सम्झौता अनुमोदनलाई स्वीकार्छौं

Advertisement

काठमाडौँ । अमेरिकी कम्पनी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)ले व्याख्यात्मक घोषणासहितको आफूसँग गरिएको अनुदानसम्वन्धी सम्झौताको अनुमोदनलाई आफूले स्वीकार गर्ने जनाएको छ । 

एमसीसीले दिने भनेको ५० करोड अमेरिकी डलर सम्वन्धी सम्झौतापत्रका प्रावधानहरु विषयमा निकै धेरै विवाद भएपछि व्याख्यात्मक घोषणासहित संसदले बहुमतबाट सम्झौता पारित गरिएको थियो । सम्झौता नेपालको संसद्बाट अनुमोदन भएको स्वीकार गर्दै एमसीसी कार्यालयले अब कार्यान्वयनमा अघि बढ्ने बताएको छ । 

Advertisement

कार्यालयले मंगलबार राति विज्ञप्ति जारी गर्दै संसदबाट अनुमोदन भएको कुरालाई स्वीकार गरेको जनाएको हो । लामो विवादपछि सत्ता गठबन्धनले १२ बुँदे व्याख्यात्मक षणासहित संसदबाट सम्झौता अनुमोदन गरेको हो । 

यसअघि एमसीसी कार्यालयले सम्झौता अनुमोदन गर्न नेपालका दलहरुलाई दबाब दिएको थियो । सम्झौता अनुमोदनसँगै एमसीसी कार्यालयले बिजुलीको भरपर्दो आपूर्ति, कम यातायात लागत र नेपाली जनताका लागि थप रोजगारी सिर्जना गर्न यसको कार्यान्वयनले मद्दत गर्ने जनाएको छ । 

यसअघि काठमाडौंस्थित अमेरिकी राजदूतावासले पनि विज्ञप्ति निकालेर सम्झौता अनुमोदनले कार्यान्वयनको बाटो खोलेको भन्दै स्वागत गरेको थियो । गए राति अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले प्रधानमन्त्री शेरबहादुर देउवालाई फोन गरेर अब मिलेर अघि बढ्नुपर्छ भनेका थिए । 

Advertisement

Advertisement