‘हिन्दुहरु बस्ने मुलुकमा जनै पनि चाइनाबाट आयात हुन्छ, हामीलाई लाज लाग्ने विषय हो’

Advertisement

पवन गोल्याण

एउटा कुरा याद दिलाउन चाहान्छु । उहाँ (केपी ओली) प्रधानमन्त्री भएको बेला मलाई बोलाउनु भएको थियो । त्यतिबेला म कृषिमा किसानहरुका लागि रिचाटर्य भएपछि केही गरौं भनेर लागेको थिएँ । मलाई उहाँले बोलाएर कृषिमा विशेषरुपमा लाग्नुस । कृषि प्रोसेसिङमा जानुस् । र यसमा अरुलाई पनि समेट्नुस भनेर हौसला बढाउनुभयो । त्यसैले म चाहीं कृषिमा लागें । धेरै जनालाई यसमा समेटें । 

Advertisement

तर म सबैको ध्यानाकर्षण गराउन चाहान्छु, हामीले प्रतिस्पर्धा गर्नुपर्छ इण्डियासँग । हाम्रो ८० प्रतिशत सामान इण्डियाबाट आइरहेको छ । त्यस्तै, चाइना, बंगलादेश, भुटानबाट पनि आइरहेको छ । उनीहरुले निर्यात प्रोत्साहनहरु दिएर मालहरु पठाउँछन् । हाम्रो किसानलाई प्रोटेक्शन भनेको ड्युटीमा जम्मा पाँच प्रतिशत मात्रै छ । तपाईं प्रधानमन्त्री हुँदा यो बढेर नौ प्रतिशत पुगेको थियो । पछि फेरि पाँच प्रतिशतमा झरेको छ । कृषि सुधार शुल्कलाई घटाएर पाँच प्रतिशत नै कायम गरिएको छ । 

जबसम्म हामी कृषि सुधार शुल्कलाई बढाएर २० प्रतिशत पुर्याइन्न, तबसम्म नेपालको कृषि क्षेत्रको विकास हुन्न । म एउटा उदाहरण दिन चाहान्छु । सिमेन्ट उद्योगमा ३० प्रतिशत जतिको प्रोटेक्शन दिएपछि आज हामी यसमा आत्मनिर्भर बनिसक्यौं । तर कृषिमा दुईतिहाई जनता लागेको छ । तर खोई उनीहरुका लागि सरकार गम्भीर भएको ? आज हामी कृषिमा उत्पादन गर्न सक्दैनौं । प्रोसेसिङ गर्न सक्दैनौं । त्यसको कारण यही छ कि आयातसँग हाम्रा किसानले प्रतिस्पर्धा गर्न सक्दैनन् । उहाँहरुका लागि यो ड्युटी बढाउनुपर्यो । 

ननट्यारिफ व्यारियर क्वारेन्टाइनको व्यवस्था पनि भएको थियो । पछि त्यो पनि हराएर गयो । अब म केपी ओलीज्यूलाई के अनुरोध गर्न चाहान्छु भने पूर्वदेखि पश्चिमसम्म गएर किसानहरुको अवस्था के छ ? बुझ्नुपर्ने आवश्यकता देखिन्छ । किसानको आवश्यक के छ ? बुझ्नुपर्यो । दाना उद्यमी कसरी जन्माउने ? हाम्रो देश म जस्तो उद्यमीले मात्रै चल्न सक्दैन् । हामीलाई साना उद्यमीको धेरै आवश्यकता छ । हजारौं उद्योगहरु यहाँ जन्माउन आवश्यक छ । लाज लाग्दो कुरा हुनसक्छ । आजको मितिमा जनै पनि चाइनाबाट आयात गरिरहेका छौं । यो साँच्चि नै लाज लाग्ने कुरा हो । यो पचास हजार–एक लाखको मात्रै उद्योग हो । त्यसलाई हामीले रोक्न सक्नुपर्यो । आयातलाई महंगो बनाउनैपर्छ । यहाँ साथीहरुले भन्नुभयो आयात भएन भने हुँदैन् । 

बैंकिङ क्षेत्रका बारेमा म केही कुरा राख्छु । हाम्रो रेमिटान्स घट्दो छ एकातिर । सात महिनामा बर्षभरीका लागि आयात सिध्याईसक्यौं । कोटा सिध्याइसक्यौं भनौं न । गएको बर्षभन्दा अहिले नै बढि भइसक्यो । रेमिटान्स गएको बर्षभन्दा घटेको छ भने बैंकमा तरलता कहाँबाट हुन्छ ? ६०–७० प्रतिशत रकम त यही आयात धान्नका लागि बैंकले पैसा दिएको छ भने उत्पादनमूलक क्षेत्रको विकास कसरी हुन्छ ? यो कुरा पार्टीभन्दा पनि हाम्रो विजनेश लिडरहरुले बुझिदिनुपर्छ भनेर म अनुरोध गर्न चाहान्छु । 

समस्याहरु धेरै छन् । त्यसमा म जान चाहिन । यसको लागि मेरो दुई वटा सुझाव छ । औद्योगिक मेशिनरी र कच्च पदार्थबाहेक सबै आयातमा १५ प्रतिशत आयात प्रतिस्थापन कर लगाउनुपर्छ । अर्को ब्याजदरको कुरा आयो । एकदम ठिक हो कि एकल अंकमा ब्याजदर हुनुपर्छ । तर हाम्रो कृषि, उत्पादनमूलक क्षेत्रमा, निर्यातमूलक उद्योगमा चाहीं सस्तोमा हुनुपर्छ । त्यसको विकल्प नै छैन् । त्यसको लागि ट्रेडिङभन्दा चार प्रतिशत कम हुनुपर्छ । मिलेर गर्न सकिन्छ भन्ने मलाई लाग्छ । 

आत्मनिर्भर अर्थतन्त्रको लागि आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन गर्नुपर्छ । त्यसका लागि मैले केही कुरा भन्न चाहें । बिजुलीको कुरा अघि पनि आयो । बिजुलीको उत्पादन बढेको छ । पीपीए पनि रोक्किएको छ । यो भयो भने २०८२ मा फेरि हामी १०–१२ घण्टाको लोडसेडिङमा पुग्नेछौं । बैंकिङ क्षेत्रको धेरै लगानी भइसकेको छ । र, अहिले चार रुपियाँमा विजुली निर्यात गर्नुभन्दा निर्यातमूलक उद्योगलाई नै चार रुपियाँमा दियो भने हामी निर्यात पनि बढाउन सक्छौं । भुक्तानी सन्तुलनलाई पनि सुधार्न सक्छौं । नौ रुपियाँमा अरु उद्योगलाई दिने तर चार रुपियाँमा निर्यात गर्नुभन्दा उद्योगलाई अल्ली सस्तो, पाँच–छ रुपियाँ, निर्यातमूलकलाई चार रुपियाँमा दियो भने रोजगारी बढाउन सक्छौं । 

खासगरी कृषिमा कृषि सुधार शुल्क नौ प्रतिशत बढाउँदा अरु देशको अवरोध अब्जेक्शन आउँछ भने हो भने बंगलादेशले किन बढी लगाउँछ ? विश्वमै सबैभन्दा धेरै अलैंची नेपालले उत्पादन गर्छ । विश्वमा जाने अलैंचीमध्ये ४० प्रतिशत हामी उत्पादन गछौं । हाम्रो अलैंची बंगलादेश जाँदा ८२ प्रतिशत ड्युटी तिर्नुपर्छ । त्यहाँबाट ३० प्रतिशत सब्सिडि पाएको आलु जम्मा पाँच प्रतिशत ड्युटी तिरेर नेपाल आइरहेको छ । त्यसलाई रोक्न सकेका छौं । केपी ओलीज्यूलाई याद होला । काँकडभिट्टाबाट केही सामानहरु निर्यात गर्न अझै पनि दिएको छैन् । त्यो बेलामा तपाईंले एकदमै पहल पनि गर्नुभएको थियो । अझै पनि समस्या समाधान भएको छैन् । 

त्यस्तै, प्राथमिक खेतीबाहेक अन्य कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) भित्राउनुपर्छ । उद्योगलाई हामीले पाँच–दश बर्षको आयकर छुट दिएका छौं । उद्योगको लागि १३–१४ प्रतिशत आयकर लाग्छ भने कृषिको लागि २५ प्रतिशत आयकर तिर्नुपर्छ । तपाईंकै सरकार हुँदा ५० प्रतिशत छुट दिएको छ । कृषिमा आयकर लगाउनुको आवश्यकता नै मैले बुझेको छैन् । कुनै हालतमा यो हटाउनुपर्छ भन्ने मलाई लाग्छ । अब पार्टीको घोषणापत्रमा यस्तो कुराहरु आउनुपर्यो । देशको विकास गर्ने कुराहरु आउनुपर्यो । खासगरी हामी कृषिबाट फड्को मार्नसक्छौं । औद्योगिकीकरणबाट फड्को मार्नसक्छौं । कुनै पनि देश अगाडि बढेको छ भने टेक्सटायलबाट अघि बढेको छ । यूके होस, जापान होस । अरु कुनै पनि देशको कुरा गर्यो भने टेक्सटायल भ्यालु चेनबाट नै अघि बढेका छौं । एकचोटी केपी ओलीज्यूलाई पुनः आग्रह गरे किसानको समस्या नजिकबाट बुझिदिन । 

(नेकपा एमालेको उद्योग विभागले आइतबार साँझ आयोजना गरेको ‘बर्तमान आर्थिक अवस्थाः समस्या र समाधान’ विषयक छलफलमा उद्योगपति गोल्याणले व्यक्त गरेका विचारको सम्पादित अंश) 

Advertisement

Advertisement