प्रचण्ड शाक्य बने नेपाल हस्तकला महासंघको अध्यक्ष, यस्तो छ नयाँ कार्यसमिति

Advertisement

काठमाडौं ।  प्रचण्ड शाक्य नेपाल हस्तकला महासंघको अध्यक्षमा निर्वाचित भएका छन् । उनी निवर्तमान कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष थिए । महासंघले ४२ औं वार्षिक साधारणसभा सम्पन्न गर्दै नयाँ कार्यसमिति गठन गरेको हो। 

सभाबाट महासंघको वरिष्ठ उपाध्यक्षमा सनम शाक्य, जिल्ला र प्रदेश हस्तकला संघ उपाध्यक्षमा दीपेन्द्र शाक्य, वस्तूगत संघ उपाध्यक्षमा अमृत खड्का, उद्योगतर्फको उपाध्यक्षमा दिव्यतारा तूलाधर, वाणिज्यतर्फको उपाध्यक्षमा दिल्लीरत्न तूलाधर, नविन शाक्य, एशोसिएयटतर्फ किरणकुमार स्थापित निर्वाचित भएका हुन् ।

Advertisement

त्यसरी नै सदस्यहरुमा गणेशमान राजचल, पद्मराज बराल, रेखा अर्याल, श्रीकृष्ण प्रजापति, अमुल्यदेवी शाक्य, रत्नमूनी ब्रम्हाचार्य, विक्रम सिंह महर्जन, प्रताप शाक्य, मिलनवीर मालाकार, राकेश बज्राचार्य, उदिप शाक्य, माणिकमान शाक्य, विकाश शाक्य, सूजनरत्न शाक्य र दिपेन्द्र शाक्य निर्वाचित भएको महासंघले जानकारी दिएको छ ।

Advertisement

Advertisement