गैरआवासीय नेपाली संघमा गन्जागोल, घले पक्षको महाधिवेशन आजबाट, अर्को पक्षको चैत १० र ११ मा

Advertisement

काठमाडौं । विदेशमा रहेका नेपालीहरुको संगठन गैरआवासीय नेपाली संघ (उनआरएन)को महाधिवेशन गञ्जागोल भएको छ । राजनीतिक हस्तक्षेपले विभाजनको अवस्थामा पुगेको संघको १०औं महाधिवेशन गर्ने कुराले गञ्जागोल देखिएको हो ।  

संघले आफ्नो पडकमा पार्न भन्दै कांग्रेसले कुमार पन्त नेतृत्वको अन्तर्राष्ट्रिय समन्वय समिति विघटन गरी महाधिवेशन आयोजक समिति बनाएको थियो । त्यसप्रति पन्त समूहले आपत्ति जनाउँदै आएको थियो । घले नेतृत्वको समूहलाई काँग्रेससहित सत्तारुढ गठवन्धन पक्षीयरुपमा हेरिँदै आएको र उक्त समूहले आजबाट महाधिवेशनको तयारी गरेको थियो । 

Advertisement

तर अन्तिम समयमा कांग्रेसनिकट अध्यक्षका प्रत्यासीको रुपमा चिनिएका कुल आचार्यले बागबण्डा गरेर नेतृत्व गर्ने शर्तमा पन्तसँग मिलेसँगै घले समूह जोक्कर फाल्तु भएको छ । 

संगठनलाई आफ्नो कब्जामा पार्ने राजनीतिक महत्वाकांक्षा र स्वार्थले स्वतन्त्र संगठन अहिले विभाजित मनस्थितिमा पुगेको छ । संघका अध्यक्ष कुमार पन्तले मंगलबार पत्रकार सम्मेलन गरी आजबाट सुरु भएको महाधिवेशनको वैधानिकता नरहेको भन्दै संघको महाधिवेशन चैत ११ र १२ मा हुने बताए ।  

राजनीतिक हस्तक्षेप र एनआरएनका अगुवाहरुबीचको द्धन्द्धका कारण यसअघि पटक पटक स्थगित भएको महाधिवेशन अहिले आएर विभाजित अवस्थामा हुन लागेको हो । 

परराष्ट्र मन्त्रालयले महाधिवेशन गराउन नसकेको भन्दै पन्त नेतृत्वको अन्तर्राष्ट्रिय समन्वय समिति विघटन गरी महाधिवेशन गर्ने प्रयोजनका लागि घलेको नेतृत्वमा अर्को समिति बनाएको थियो । यो समितिले अर्थमन्त्री जनार्दन शर्मालाई बोलाएर महाधिवेशन उद्घाटन गर्न लगाएको छ । होटल याक एण्ड यतिमा भएको आजको महाधिवेशनमा संघका पूर्वअध्यक्ष तथा सल्लाहकार कोही पनि देखिएनन् । 

घलेले अर्थमन्त्रीसहित प्रतिनिधिहरु आफूलाई विश्वास गरेर उपस्थित भइदिएको र यसले आफूहरुलाई उत्साहित बनाएको बताए । उनले बोल्ड डिसिजन गरेर उपस्थित भएको भन्दै अर्थमन्त्री शर्माको प्रशंसा पनि गरे । 

कार्यक्रममा चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल, बैंकर्स संघका पूर्वअध्यक्ष अनिल शाह पनि पुगेका थिए । शेष घले नेतृत्वमा महाधिवेशन आयोजक समिति बनाउने निर्णयप्रति असन्तुष्ट पन्त पक्षधरले छुट्टै निर्वाचनको तयारी गरे पनि अदालतले त्यसलाई रोक्न आदेश दिएको छ । आज पन्त पक्षधरले पत्रकार सम्मेलन गर्दै चैत १० र ११ लाई महाधिवेशन गर्ने जानकारी दिएको हो । 

संघलाई विभाजित हुन नदिने पन्त पक्षधरले कुल आचार्य र बद्री केसीलाई आधा–आधा कार्यकाल अध्यक्ष बनाउन प्रस्ताव गरे पनि संरक्षक घलेले आफूलाई यस विषयमा जानकारी नभएको बताउँदै आएका छन् । आचार्य पनि त्यसमा सहमत भएका छन् । 

पत्रकार सम्मेलनमा संघ एक र एकतावद्ध रहने दाबी गरे । उनले एनआरएनएले नेपालको सामाजिक तथा आर्थिक समृद्धिको निम्ति प्रभावकारी भूमिका खेल्ने बताउँदै अधिवेशनबाट तीनै जना अध्यक्षका उम्मेदवारहरुले मिलेर संस्थालाई अघि बढाउने सहमति भएको बताए । 

अध्यक्षका उम्मेदवार डा. बद्री केसीले अहिलेको अवस्थामा संस्थामा वृहत आम सहमति गर्नुबाहेक अन्य कुनै विकल्प नभएको बताए । उनले हरेकले आफ्नो व्यक्तिगत स्वार्थभन्दा संस्थाको स्वार्थलाई माथि राखेर अघि बढ्न आवश्यक रहेको भन्दै तीनै जना अध्यक्षका प्रत्यासीहरु मिलेर संस्थालाई अघि बढाउने बताए । 

अध्यक्षका अर्का प्रत्यासी कुल आचार्यले पदको लागिभन्दा पनि संस्था बचाउने निर्णयमा पुगेको बताए । उनले सबै गैरआवासीय नेपालीहरुले राष्ट्रिय सहमतिको अधिवेशन गर्नेमा जोड दिइरहेको पनि बताए ।

आचार्यले भने, ‘हामी सबै पदको लागिभन्दा पनि संस्था बचाउने निर्णयमा पुगेका छौँ । हामी राष्ट्रिय सहमतिको अधिवेशन गर्नेमा जोड दिइरहेका छौँ । पहिला भएका कमी कमजोरीहरुलाई नियालेर सबैलाई समेट्दै अघि बढ्न चाहन्छौँ ।’

त्यस्तै अध्यक्ष अर्की प्रत्यासी रविना थापाले संस्थामा भएका विवादहरुलाई समाधान गरेर सहमतिमा संस्थालाई अघि बढाउने बताइन् । उनले अहिलेको एनआरएनएको अवस्थालाई सहमति, सहकार्यबेगर अघि लैजान गाह्रो भएको पनि बताए ।

अध्यक्षकी प्रत्यासी थापाले भन्नुभयो, ‘यो संस्थाको विभिन्न किसिमको समस्या, झैझगडा, विवादहरु थिए । यी विवादलाई अन्त्य गर्नको लागि र संस्थालाई बलियो बनाउनको लागि इमान्दारितापूर्वक काम गरिरहेका छौँ । अहिलेको एनआरएनएको अवस्था सहमति, सहकार्यबेगर यसलाई अघि लैजान गाह्रो छ ।’

बाइट...रविना थापा, अध्यक्षकी प्रत्यासी, गैर आवासीय नेपाली संघ

एनआरएनएले गैर आवासीय नेपाली संघलाई स्वतन्त्र, स्वायत्त, गैरराजनीतिक, सामाजिक तथा परोपकारी संस्थाको रुपमा अक्षुण राख्दै थप प्रभावकारी बनाउन पनि राजनीतिक दल र सम्बद्ध पक्षसँग आग्रह गरेको छ । यो महाधिवेशनपछि सहमति प्रणालीबाट नेतृत्व गर्ने निर्णय भएको पनि अध्यक्षकी प्रत्यासी थापाले बताउनु भयो ।  

Advertisement

Advertisement