विवादित एनआरएनए सम्मेलनमा राष्ट्रपति भण्डारी सहभागी

Advertisement

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को विवादित सम्मेलनमा राष्ट्रपति विद्या भण्डारी सहभागी भएकी छन् । संघको विश्व सम्मेलन तथा महाधिवेशनको आधिकारिकताको विषयलाई लिएर दुई समूहबीच विवाद रहिरहेको बेला भण्डारी एउटा सम्मेलनमा सहभागी भएकी हुन् । 

यसअघि शेष घले नेतृत्वको महाधिवेशन आयोजक समितिले गरेको विश्व सम्मेलनबाट नयाँ कार्यसमिति चयन गरेकोमा शनिबारबाट ठूला दलनिकट समूहले पद भागबण्डा गर्ने सहमति गर्दै अर्को महाधिवेशन सुरु गरेका हुन् । 

Advertisement

दुई समूह कुन वैधानिक ? भन्ने कुरामा टुंगो नलाग्दै राष्ट्रपति सम्मेलन उद्घाटन गर्न गएकी हुन् । यसअघि घले नेतृत्वको समूहले गरेको सम्मेलनको उद्घाटन अर्थमन्त्री जनार्दन शर्माले गरेका थिए । विश्व सम्मेलनमा सहभागीहरु अधिकांश दुवै सम्मेलनमा सहभागी भएका थिए । 

गैरआवासीय नेपाली संघ स्वतन्त्र सदस्यहरुले संघमा राजनीतिक हस्तक्षेप गर्ने र अस्थिरता सिर्जना गर्ने काम राजनीति दल र संघभित्रका स्वार्थी समूहले गरेको भन्दै विरोध जनाइरहेका छन् । 

Advertisement

Advertisement