युक्रेनको युद्ध मनोविज्ञान !

Advertisement

कुमार दाहाल

कानुन र सत्यको अन्त्य भएपछि युद्ध हुन्छ र यसको स्वरुप सीमान्कृत हुँदैन। प्रथम विश्वयुद्ध साम्राज्यवाद, शक्ति सन्तुलन र उपनिवेशवादको विरुद्धमा भएको थियो । हतियारको होडबाजी र व्यापार अर्को कारण थियो ।अहिले युक्रेनमा युद्ध भइरहेको छ । अमेरिका, युरोप, भारत–चीन, रसिया ,युक्रेन आफ्नो आफ्नो ठाउँमा छन् ।  युद्ध र यसको परिणामको विषयमा आफ्नै धारणा छ, सोचाइ छ र मनोविज्ञान छ। द्वीपक्षीय युद्धहरुको महत्वाकांक्षा सामरिक, जमिनको प्राप्तिको लागि हुन्छ ।प्रथम र दोस्रो विश्वयुद्ध जमिन र  सत्ता हडप्ने किसिमले भएका थिएनन् जसको हुबहु चरित्र अहिलेको युक्रेन युद्धमा देखिन्छ । रसियालाई युक्रेनको जमिन चाहिएको छैन् । देशको सार्वभौमसत्ता पनि चाहिएको छैन् । उसलाई युक्रेनबाट आफ्नो सुरक्षा चुनौती छ । अमेरिका, नेटोमार्फत विश्वमा शक्ति विस्तार गर्न चाहन्छ जसको सीमांकन गर्न रसिया तत्पर छ । रसियालाइ  माटोको इगो छ र अमेरिका तथा नेटोको सुरक्षा चुनौतीलाई पूर्णरुपमा स्वीकार गरेको छ । एक्लै भए पनि उभिँदै छ युद्धमा । पश्चिमाहरुले उचालेका छन् युक्रेनलाई । उसले आफ्नो वास्तविक धरातल बिर्सिएको छ। जसरी प्रथम विश्वयुद्धमा हँगेरी, अस्ट्रेया र दोस्रो विश्वयुद्धमा जर्मनी घेराबन्दीमा परेका थिए, आज रसिया पश्चिमाहरूको घेराबन्दीमा छ । यही अवस्थाबाट तेस्रो विश्वयुद्धको सम्भावना बढेर गएको छ । युक्रेन भित्रका आणविक र रासायनिक हतियारको पोल खोल्न चाहँदैन अमेरिका । फ्रान्स र जर्मनी युद्ध चाहँदैनन्् । तर आणविक पण्डुब्बी र हतियार बाल्टिक क्षेत्रमा तैनाथ गरेका छन् । युरोपका अरु देशहरुमा रसियाको निर्भरता छ।

Advertisement

युक्रेन युद्धको प्रमुख विशेषता अचम्म छ । यो युद्ध जीत र हारमा जोडिएको छैन । शक्ति र रणनीतिक विस्तार र विश्व शक्तिमा आफूलाई स्थापित गर्ने रणनीतिक युद्ध हो यो । यसले एक्काइसौं शताब्दीको उपनिवेश र साम्राज्यवादलाई देखाएको छ । अबको साम्राज्यवादले आर्थिक शक्तिलाई उछिनेर शक्ति सन्तुलनलाई पछ्याएको छ । जसको गोलबद्ध  क्रमशः देखिदैछ । यूएन सदस्यको भोट अनर्थ बन्दैछ । यसको अर्थ दोस्रो विश्वयुद्धपछिका शक्तिराष्ट्रहरू आमनेसामने भएका छन् । रसियाको रुबलले डलरलाई चुनौति दिने साहस गर्दैछ ।

सैनिक शक्ति विस्तार ,साम्राज्यवाद एलाइन्स, विपक्ष सन्धिहरु, शक्ति राष्ट्रको  व्यापार व्यवसायमा वृद्धि, हतियारको किनबेच , राष्ट्रियता जागरण, सञ्चार जगतको दुष्प्रचारको कारणले प्रथम र दोस्रो विश्वयुद्ध भएका थिए । अहिलेको युद्धको चरित्र हेर्दा पनि यी विषयहरु मिल्छन् ।

यो युद्धमा रसियालाई क्षतिको त्यति चिन्ता छैन् जति युक्रेनलाई छ । रसियालाई युद्ध गर्दा क्षति हुन्छ भन्ने  थाहा थियो । तर अहिले  समाचारहरु युद्धको क्षतिको बारेमा कुरा गरेर आत्मरतिमा रमाइरहेका छन् । युक्रेनको सार्वभौमसत्ता पश्चिमाहरुले रक्षा गरिरहेका छन् । युक्रेनका राष्ट्रपति जेलेस्कि सहानुभूति बटुलिरहेका छन् । युक्रेनका जनताको मनोविज्ञान शरण लिएका देशहरूलाइ थाहा छ । युद्धको मनोविज्ञानलाई आफ्नो पार्न  समाचारहरु र स्वयं रसियाले मुख्यपृष्ठ बनाइरहेको छ । देस्रो देशका मानिसहरू युद्धको मनोरञ्जनमा छन्। यसले निम्त्याउने भयावह अवस्थाको कल्पना पनि गरेका छैनन् । परमाणु बम खस्छ कि भन्ने  विश्वलाई चिन्ता छ । तर युक्रेनी जनताको पीडा उनीहरुलाई मात्र थाहा छ ।  जब युद्ध व्यक्तिगत स्वार्थमा परिणत हुन्छ यसले ठूलो रुप लिन्छ । अहिले यो शक्तिसन्तुलनको स्वार्थ र मनोविज्ञानबाट प्रेरित छ । रसियामाथि घात नपुगुन्जेल अणुबम प्रयोग हुँदैन भन्ने सबैको विश्वास छ । अहिले रसियालाई युद्ध घात होइन, चोट परेको छ। पश्चिमाहरुले सबै दोष रसियालाई लगाएर आगोमा घीउ थप्न खोजिरहेका  छन् । यसको परिणाम कस्तो हुन्छ विश्वले अनुमान पनि गर्न सक्दैन् ।

अहिले अमेरिकी राष्ट्रपति युरोपको भ्रमणमा छन् ।  युक्रेनको सहायता गर्ने र अमेरिकाको प्रजातन्त्रिक नीतिको विषयमा कुरा गर्दैछन्।  गरिराखेका छन् । शरणार्थीहरु र सैनिकहरु ताली पिट्र्दैछन् । उनी सैनिकहरुसँग बसेर पिज्जा खान्छन् र कुटनैतिक हाँसो हाँस्छन्। यो विषय युरोपले पनि बुझेको छ । तर युरोपियनहरु अमेरिकाको खुलेर बिरोध गर्दैनन् ।

युद्धभन्दा केही किलोमिटर पर भाषण गरिरहँदा लीवमा रसियाको बम प्रहार हुँदैछ जुन आवाज जो बाइडेनको कानसम्म नपुग्ला भन्न सकिँदैन् । तर समस्या युक्रेनी जनतामा परेको छ । यो समस्या अब विश्वका अरु देशमा नपर्ला भन्ने अवस्था छैन् । यो युद्ध रसिया र अमेरिकाको बीचको युद्ध हो किनकी जो बाइडेन युद्ध रोक्नुभन्दा प्रजातन्त्र, जनताको अधिकार र रसियाको गलत व्याख्या गर्न थाक्दैनन् । अन्तर्राष्ट्रिय संस्थाहरू चुप छन् । भित्रको अविश्वास अहिले बाहिर देखिएको छैन् । तर कथम् कदाचित तेस्रो विश्वयुद्धको आगो फैलियो भनेअहिलेको जस्तो सबै पश्चिमाहरु एकजुट होलान् भन्न सकिँदैन् । किनभने यसबाट दक्षिण अमेरिकी देशहरू, युरोपका केही देशहरुमा पनि असन्तुष्टि बढ्न थालेको छ । भारत र चीन खुलेका छैनन् ।आर्मेनिया अजरबैजान, साउदी अरब ,पाकिस्तानमा युद्धका द्वन्द्वहरु देखिन थालेका छन् । युद्धमा शक्ति सन्तुलन, व्यापार, रासायनिक हातहतियारको होडबाजी हुँदैछ ।

युक्रेन युद्धमा दुई पक्ष प्रबल देखिन्छ । एउटा सामरिक युद्ध र अर्को दबाब र मनोबैज्ञानिक युद्ध । दुबै काम दुबैले गरेका छन् । यो एक प्रकारको सूचनाको युद्ध पनि हो । अब प्रजातन्त्र, मानवअधिकारका विषयमा संसारमा कोही बोल्ने जस्तो लाग्दैन् । करोड मानिस विस्थापित हुँदा असर पर्ने देशहरु समेत युद्ध हुनुहुँदैन भन्ने विषयमा खुलेर बोल्दैनन् । उनीहरुलाई सामरिक सुरक्षाको चुनौती ठूलो छ । युद्ध नरोकेमा भोलि संसारमै सुरक्षा चुनौती हुन्छ।

युक्रेन त दसौंको वर्षसम्म उठ्न सक्नेछैन् । त्यहाँ नागरिकलाई हतियार दिएको छ । हतियार व्यारेक पुग्न ठूलो समय लाग्छ । यहाँ कसैले शासन गर्न गाह्रो छ । हात हतियारको होडबाजी र युद्ध हुन बाँकी छ जुन कुरा अमेरिका चाहन्छ । तर रसियाले यो परिणाम चाहेको थिएन ।

अब निर्वासित जनता फर्कलान् ? मानिस निर्वासित भएपछि आफ्नो देश फर्किन धेरै गाह्रो हुन्छ, जसरी सिरिया, इराक ,लिबियामा अझै मानिसहरु फर्केका छैनन् । यो रोग युरोपको शिरको रुपमा रहेको युक्रेनबाट फैलिएको छ । आफ्नो भूअस्तित्व र क्षमता नबुझ्ने युक्रेनी राष्ट्रपति र शक्ति प्रयोग गर्ने रसिया दुवै गलत छन् । तर दुबैलाई मिलाउनुपर्नेमा आफ्नो स्वार्थमा लडाउने अमेरिका र नेटो को गल्ती डरलाग्दो छ । र रसियालाई मिलाउनुभन्दा दबाब दिँने नीति दुबै गलत छन् । अत्याधिक दबाब ‌भयो भने पड्किन्छ भनेजस्तै रसियालाई दबाब प्रत्युत्पादक हुन सक्छ ।

अमेरिका र नेटोले युक्रेनलाई दबाब नदिने हो भने यो युद्ध रोकिन्छ । पुटिनलाई घेराबन्दी गर्नुभन्दा युद्धको समाधानमा जानु बढी बुद्धिमानी हो । युद्ध अब शक्ति अहंकारमा परिणत भइसकेको छ। युद्धलाई रोक्न विषय ऐतिहासिक घटना बन्द सक्छ । अहिले एकोहोरो रसियाको विरोध र युक्रेनको समर्थन गर्नुभन्दा पनि यसका भित्री खेलाडीहरूको विरोध गर्नु पनि जरुरी छ ।मानवअधिकारवादी प्रजातान्त्रिक र शान्ति मनपराउने जनताहरुले युद्धका खेलाडीहरूको पनि समर्थन गर्नु हुँदैन् । नेटो अमेरिका र रसियालाई समान दबाब दिन सकिन्छ । र युद्ध रोक्न सकिन्छ । अहिले युक्रेन परिवन्धमा परिसकेको छ। युक्रेनका नेता पक्कै युद्ध चाहँदैनन् । यो कुरो zelensky ले पटक–पटक भनेका छन् । तर युक्रेनलाई प्रयोग गर्ने शक्तिहरुले विश्वशान्ति र जनतालाई विश्वयुद्धबाट बचाउनुपर्छ । अहिलेको विश्व आवश्यकता नै यही हो । 

Advertisement

Advertisement