अब वीर अस्पतालमा रगतजन्य आनुवांशिक रोगको निःशुल्क उपचार हुने

Advertisement

काठमाडौं । वीर अस्पतालले निःशुल्क रगतजन्य आनुवांशिक रोगको उपचार सेवा शुरु गरेको छ । सोमवार कार्यक्रम गरी अस्पतालले रगतजन्य अनुवांशिक रोगहरुको निःशुल्क उपचार सेवा शुरु गरेको हो । अस्पतालबाट अब रगतजन्य रोगहरुको निःशुल्क उपचार गर्न पाइनेछ । 

कार्यक्रममा वीर अस्पतालका निर्देशक डा.भुपेन्द्रबहादुर बस्नेतले अब रगत र रगतसँग सम्बन्धित रोगहरुको निःशुल्क उपचार सेवा शुरु भएको बताए । उनले अबका दिनमा अस्पतालमा बनम्यारो ट्रान्सप्लान्ट सेवा सुचारु गर्नेतर्फ लागिरहेको बताए  ।

Advertisement

उनले  भने, ‘मेडिकल सेक्टरका सर्भिसहरुलाई धेरै एक्सपान्सन गर्ने अपुच्र्युनिटी पाएका छौँ । त्यो मध्ये एउटा अवसर यो मेडिकल जेनेटिक्स एण्ड हेमोफिलिया डि केयर सेन्टर हो । यसमा रगत र रगतसँग सम्बन्धित रोगहरुको उपचार निःशुुल्क रुपले धेरै रोगहरुको उपचार हुन्छ । त्यो भन्दा पनि हामी बिस्तारै अब बनम्यारो ट्रान्सप्लान्टतिर जाँदैछौँ । हामीसँग मेडिकल अंकोरेजी, रेडियो थेरापी, क्यान्सरसँग रिलेटेड डिपार्टमेण्ट पनि भएकोले हामी कम्बाइन्ड गरेर थुप्रै ब्लड एण्ड ब्लड वन क्यान्सरहरुको उपचार गर्ने र बनम्यारो ट्रान्सप्लान्टसँग अघि बढ्ने तयारीमा छौँ ।’

त्यस्तै रक्तरोग तथा रक्त क्यान्सर विशेषज्ञ डा. निरजकुमार सिंहले नेपालमै पहिलोपटक रगतजन्य अनुवांशिक रोगहरुको निःशुल्क उपचार सेवा सुरु भएको बताए । उनले अब अस्पतालले हेमोफिलियाका बिरामीहरुलाई निःशुल्क उपचार गर्ने र यो रोगसम्बन्धी बेसिक जाँच परीक्षण पनि निःशुल्क हुने बताए । 

विशेषज्ञ डा. सिंहले भने, ‘आजबाट वीर अस्पतालमा हामीले नयाँ सर्भिस शुरु गरेका छौँ । यो नेपालमा पहिलो चोटि हो । यो रगतजन्य अनुवांशिक रोगहरु जस्तो वंशानुगत रोगहरु, आमाबुबाबाट छोराछोरीमा सर्ने रोग त्यो सर्भिसको निःशुल्क उपचार सेवा शुरु गरेका छौँ । हेमोफिलियाका बिरामीहरुलाई निःशुल्क उपचार गर्नेछौँ । साथै यो रोगमा लाग्ने बेसिक जाँच परीक्षणहरु पनि वीर अस्पतालमा आजबाट निःशुल्क भएको छ ।’

उनले अस्पतालको अबको लक्ष्य बनम्यारो ट्रान्सप्लान्ट सेवा सुचारु गर्ने रहेको पनि बताए । 

Advertisement

Advertisement