अर्थतन्त्रका सूचकांकहरु बिग्रेका छन्, ‘टास्क फोर्स’ बनाएर काम गरौँ- बैंकर ज्ञवालीको विचार

Advertisement

मनोज ज्ञवाली । 

यो आर्थिक बर्ष अर्थतन्त्रका लागी उत्साहप्रद रहेन । कोभिडको त्रासले जति बिगार्छ सोचेका थियौँ, त्यति बिगारेको थिएन, तर कोभिड शान्त हुँदै गर्दा अर्थतन्त्रले गति लिन्छ की भन्ने अपेक्षा पूरा हुन सकिरहेको छैन ।

Advertisement

तरलता अभावमा शुरुवाती दिनहरुमा एक अर्कालाई दोष दिदै समाधानका बारेमा सोचिएन ।  यस पटकको तरलता अभाब systemic हो  र छिटै अनि सहजै समाधान हुदैन भन्ने मेरो धारणा शुरुवात मै थियो । यस पटक अर्थतन्त्रका सूचकांकहरु सबै तिरबाट बिग्रेका छन् । एउटा प्वाल टाल्यो भने अरु दुई प्वाल पर्ने स्थिति छ ।

अहिले कसले कसलाई दोष दिएर आफु चोखो बन्ने भन्ने खेलमा लाग्ने बेला होईन, समाधानका उपाय हरुमा लाग्नुपर्छ अनी होस्टेमा हैसे गर्नु पर्छ । आत्तिनु पर्ने होईन र सम्हालिएर हिँड्नुपर्ने स्थिति चै छ। समय मै एउटा टास्क फोर्स (राजनैतिक रंग र स्वार्थ नभएको) बनाएर अल्पकालीन र दीर्घकालीन समाधानका उपायमा काम गर्न जरुरी छ ।

केहि सूचकांक निम्नानुसार छन्:

1. मुद्रास्फिति ( Inflation) को दर दुई गुणा भन्दा बढिले बढेर 6% हाराहारी पुगेको छ। थोक मूल्यको मुद्रास्फिति 10% भन्दा बढिले बढ्यो ।

2. कर्जा बृद्धिदर को एक तिहाइ पनि निक्षेपको बृद्दिदर हुन सकेन। स्थानीय सरकारको खाता को 80% सम्म रकमलाई बैक तथा वित्तीय संस्थाको निक्षेपमा गणना गर्न मिल्ने व्यबस्था गर्दा समेत सवा खर्ब निक्षेप बृद्धि पनी हम्मे हम्मे भयो। बैकहरुको CD Ratio 91% को हाराहारी छ ।

3. व्यापार घाटा 38-40% ले बढेको छ। बैदेशीक मुद्रा संचिति घट्दै गएर साढे छ महिना सम्मको बस्तु तथा सेवा आयात गर्न मात्र पर्याप्त छ र चाप बढ्दो छ ।

4. 2 लाख भन्दा बढि थप नेपाली नागरिकहरु बैदेशीक रोजगारमा जांदा पनी रेमिटेन्स 6% हो हाराहारीले घटेको छ ।

5. अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य 55% भन्दा बढिले बृद्धि भएकाले त्यसको असर नेपालमा पनि परेको छ ।

6. सरकारले पुर्ववत पूँजीगत खर्च गर्न सकेन । बैदेशीक ऋण तथा सहायता बजेटको अनुरूप प्राप्त हुन सकेको छैन। बैदेशीक लगानीको लक्ष्य, गफ र तथ्यको अवस्था उस्तै छ ।

7.सरकार तथा सरकारी निकायहरूले नेपाल राष्ट्र बैंकमा खोलेका खाताहरूमा रु रु.100 अरब भन्दा थप रकम जम्मा भएको छ। यसले तरलतामा थप चाप परेको छ ।

8. ब्याजदर मा बृद्धि भएको छ। नयां कर्जा पाउनै मुस्किल, पाइहाले पनी 13% भन्दा माथिको ब्याजदरमा लिनुपर्ने स्थिति छ। यसले उधमशिलतालाई निरूत्साहित गर्छ र यसको दूरगामी असर पर्दछ ।

9.देशको अर्थतन्त्रका सुचकांकहरु जस्तै रहे पनि नेपालीहरूको बैदेशीक यात्रा राम्रै बढेको छ। देशमा भन्दा विदेशमा सम्भावना बढि देखिदा पढ्न या पढ्न भनेर विदेशीने संख्या राम्रै बढ्दा यस्तो भ्रमणमा हुने खर्च 92% हाराहारीले बढेर रु. 36 अर्ब माथि पुगेको छ ।

10. पूँजीबजार प्रति सरकार र नियामकहरुको अस्थिर रवैया र लगानीकर्ताहरुको अस्थिर मनोवृतिले गर्दा दैनिक रु.20, 22 अरब कारोबार रकम पुगेको बजार घटेर रु.2,3 अरब दैनिक कारोबारमा सिमित भएको छ। यसले लगानीकर्ताहरुमा निराशा संगै पूँजी पलायनको समेत आशङ्का गरिएको छ ।

(ज्ञवाली नबिल बैंकका जनरल म्यानेजर हुन् ।)

 

Advertisement

Advertisement