बर्डफ्लु नियन्त्रण बाहिर जानसक्छ, लकडाउनको तयारी गर्दैछौंः पशु सेवा विभाग

Advertisement

काडमाडौं । कुखुराको संक्रामक रोग बर्डफ्लू नियन्त्रणवाहिर गएको सरकारी निकायले दावी गरेको छ ।संक्रमण बढेपछि पशु सेवा विभागले लकडाउनको तयारी गरेको छ । 

भेटेरिनरी गुणस्तर तथा औषधि नियमन प्रयोगशालाले काठमाडौंमा आयोजना गरेको सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रममा विभागका महानिर्देश डा रामनन्दन तिवारीले बर्डफ्लू संक्रमण नियन्त्रणबाहिर जाँदै गरेको जिकिर गरे । 

Advertisement

उनका अनुसार गत माघदेखि देशका विभिन्न स्थानमा बर्डफ्लु बढेको छ । हालसम्म हाँस, ब्रोइलर, लोकल, गिरिराज, लेयर्स टर्की, काग ,प्यारेन्ट कालिज र लौकाटमा पुष्टि भएको छ । कुखुरापालन हुने मुख्य शहरहरू मोरङ, काठमाडौं, सुनसरी, सिन्धुपाल्चोक, कास्की, उदयपुर, ललितपुर, भक्तपुर, पर्सा, मकवानपुर, धनुषा र बारामा बर्डफ्लू संक्रमण रफ्तारमा फैलिएको छ । 

पोल्ट्री व्यवसायीले समयमा नै विभागको सल्लाह मानेर पोल्ट्री लकडाउनमा जानुको विकल्प नभएको पनि तिवारीले बताए ।

नेपाल दाना उद्योग संघका अध्यक्ष रवीन पुरीले लकडाउनको प्रकृतिबारे प्रश्न उठाएका थिए । उनले भने, ‘तपाईंहरुले ओसारपसार बन्द र लकडाउन भन्नुहुन्छ । त्यो कस्तो हो ? स्पष्ट पार्न अनुरोध छ ।’ 

नेपाल दाना उद्योग संघका पूर्वअध्यक्ष नारायणहरि खत्रीले विभागको अनुगमन फितलो भएको  जानकारी दिंदै भक्तपुरमा एक ठाँउमा बर्डफ्लु देखिएको तर त्यसको नजिकै रहेको अर्को कुखुरा फार्मले मज्जाले कुखुरा बेचिरहेको बताए । 

पोल्ट्री विज्ञ डा.उमेश दाहालले कुनै पनि व्यवसायीले अहिले आफ्नो कुखुरा मरेको छैन भनेर अछुतो नबन सल्लाह दिए । भोलीका दिनमा यस्तै अवस्था आए कुनै पनि कुखुरा नरहनसक्ने स्थिति छ भन्दै उनले खाली सल्लाह मात्र नगर्न चाँडै एक्सनमा उत्रिन विभागलाई आग्रह गरे । 

नेपाल पोल्ट्री महासंघका महासचिव दिनेशराज मिश्रले नेपालमा फैलिएको बर्डफ्लूको क्षति ठूलो हुने उल्लेख गर्दै पूर्वतयारीमा जोड दिन आग्रह गरे । क्षति न्यूनीकरणका लागि भ्याक्सिनेसनमा जोड दिनुपर्ने उनको सुझाव थियो । 

पशु चिकित्सक डा.मोदनाथ गौतमले आफूले यसको रोकथामका लागि पहिले नै ढुवानी रोक्न सल्लाह दिए पनि सुनुवाई नभएको बताए । पूर्वतयारीमा ढिलाइ भएकाले सरोकारवालासँग छलफल गरेर विभागमा आउन उनले आग्रह गरे । 

Advertisement

Advertisement